राष्ट्रिय युवा परिषद द्वारा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास’को उद्घाटन भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज एक कार्यक्रमका बीच सो कार्यक्रमको उद्घाटन गरेका हुन् । कृषि विकास बैंक केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा आयोजित सो कार्यक्रमको नारा ‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ रहेको छ ।