काठमाडौँ। कर्णाली प्रदेशमा नेपाली कांग्रसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विश्वासको मतको पक्षमा मतदान गर्ने भएको छ। प्रदेशसभा बैठकमा प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले शाहीको पक्षमा मतदान गर्ने बताए। उनले भने “हामी तटस्थ बस्ने कि भन्ने पनि थियो। अलि अघिसम्म अलमलमा थियौँ, तर अब कमजोरलाई मत दिने निर्णय गरेका छौँ।”