अर्थमन्त्री प्रकाशशरण महतले बैंकको ऋण तिर्दैनौं भन्ने विषय सरकारलाई मान्य नहुने स्पष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री महतले भने ‘म यो मञ्चबाट भन्न चाहन्छु कि कर्जा नै तिर्दैनौं भन्ने विषय हुन सक्दैन । अहिले अप्ठेरो पर्यो, ब्याजदरमा अलिकति सहुलियत चाहियो, समय चाहियो त्यो हुन सक्ला । तर साँवा पनि नतिर्ने भन्ने सवाल हुन सक्दैन, त्यो मामलामा सरकार स्पष्ट छ ।’