तनहुँ। यही वैशाख १० मा तनहुँ क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदैछ । यस क्षेत्रमा विशेषगरी तीन दलको प्रतिस्पर्धा देखिएको छ । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएको छ । त्यस्तै नेकपा एमालेबाट पूर्व आइजिपी सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ […]