पेट्रोलियम ढुवानी साधनमा वैज्ञानिक भाडादर लागू गर्न माग

काठमाडौं : सरकारले लागू गरेको वैज्ञानिक भाडादरअनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागू गर्न व्यवसायीले माग गरेका छन्।शुक्रबार राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले साउन १ गतेदेखि लागू गरेको वैज्ञानिक भाडादरअनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागू गर्न माग गरेको हो।त्यस्तै पेट्रोलियम ऐन बनाई लागू गरिनुपर्ने, निगमको एलपिजी विनियमावली, विक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायी संस्थाको सुझाव लिई तत्काल परिमार्ज

सम्बन्धित सामग्री

कुन आधारमा बढाइयो पेट्रोलियम ढुवानी व्यवसायीको भाडा ?

नेपाल आयल निगमले पुस २ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको भाडा बढायो । निगम व्यवस्थापनको उक्त निर्णयको अहिले चौतर्फी आलोचना भइरहेको छ । बढाइएको ढुवानी भाडाले उपभोक्तामाथि अतिरिक्त आर्थिक भार थपिने भएपछि सामाजिक सञ्जालमा निगमको विरोध भइरहेको छ । उपभोक्ता अधिकारकर्मी पनि निगमको यो निर्णय सही नभएको बनाइरहेका छन् ।साविकको ढुवानी भाडादरमा औसत करिब आठ प्रतिशत बढाइएको छ । करारमा सञ्चालित पेट्रोलियम ढुवानी व्यवसायीको भाडादर वैज्ञानिक र समायानुकूल बनाउनका समायोजन गरिएको न

पेट्रोलियम ढुवानी भाडा बढाउने सहमति

ढुवानी भाडा बढाउने माग पूरा हुने भएपछि पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता गरेका छन् । व्यवसायीले ढुवानी भाडादर वृद्धि गर्न भन्दै  २४ भदौबाट हडताल सुरु गरेका थिए । बुधबार दिउँसो उद्योग वाणिज्य...

पेट्रोलियम ढुवानी व्यवसायीले आन्तरिक ढुवानी पनि रोक्ने

आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी महासंघले बिहीबारदेखि आन्तरिक ढुवानी पनि रोक्ने भएको छ । सरकारसँग भएको सहमतिअनुसार वैज्ञानिक भाडादर कार्यान्वयनमा नल्याएको भन्दै पेट्रोलियम ढुवानी व्यावसायीहरुले भदौ २४ गतेदेखि आन्दोलन जारी राखेका छन् ।भदौ २२ गते बसेको महासंघको बैठकले भदौ २४ गतेदेखि भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने पेट्रोलियम डेलिभरी अर्डर (पीडीओ) नलिने निर्णय गर्दै आन्दोलन सुरु गरेका […]

पेट्रोलियम पदार्थको ढुवानीमा वैज्ञानिक भाडादर लागू गर्न माग

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पत्रकार सम्मेलन गर्दै सरकारले साउन १ गतेदेखि लागू गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागु गर्न माग गरेको हो ।

पेट्रोलियम ढुवानी भाडा बढाउन व्यवसायीको माग

२० फागुन, काठमाडौं । इन्धनमा भएको मूल्य वृद्धिअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने साधनको भाडा बढाउन व्यवासयीहरुले माग गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । सरकारले १ साउनमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार नै भाडा कायम गर्न समितिले १५ दिनको म्याद दिएको छ । […]

ढुवानी भाडा लागु गर्न व्यवसायीको माग

सरकारले लागु गरेको वैज्ञानिक भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागु गर्न व्यवसायीहरुले माग गरेका छन् ।  शुक्रबार राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले...

पेट्रोलियम व्यवसायीद्वारा संस्थागत माग पूरा गर्न सामूहिक दबाब

काठमाडौं (अस) । पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले इन्धन आपूर्ति, ढुवानी र वितरणका क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि सामूहिक दबाब अभियान शुरू गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको हालै सम्पन्न बैठकले नौबुँदे निर्णय गर्दै पेट्रोलियम क्षेत्रका देखिएका समाधानका लागि सामूहिक पहल गर्ने र सरोकारवाला निकायमा माग पेश गर्ने निर्णय गरेको हो । समितिमा नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ आबद्ध रहेका छन् । समितिको बैठकले पेट्रोलियम व्यवसायमा देखिएका समस्याका बारेमा छलफल गर्दै सरकारसमक्ष आफ्ना विभिन्न माग पेश गर्ने निर्णय गरेको छ । पेट्रोलियम ऐन बनाउनुपर्ने, एलपी ग्यास विक्री तथा ढुवानी विनियमावली परिमार्जन गर्नुपर्ने, पेट्रोलियम व्यवसाय सुधार कार्ययोजना लागू गर्नुपर्ने लगायत माग अघि सार्ने निर्णय बैठकले गरेको छ । समितिका संयोजक एवं एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीको अध्यक्षतामा बसेको बैठकले पेट्रोलियम साधनमा ढुवानी भाडादर समायोजन हुनुपर्ने, पेट्रोलियम पदार्थको प्राविधिक नोक्सानी सम्बन्धमा भएको अध्ययन समितिको प्रतिवेदन लागू गर्नुपर्ने, एलपी ग्यास ढुवानी भाडा डिजेलको मूल्य अनुपातमा स्वचालित कायम हुनुपर्ने माग गर्ने निर्णय गरेको छ । समितिले आफ्ना मागहरू पूरा गर्न आवश्यक कार्यक्रम तय गर्दै यससम्बन्धी घोषणा गर्न फागुन २० गते संयुक्त पत्रकार सम्मेलन गर्ने समितिले बताएको छ । मल्ली संयोजक रहेको समितिको सह–संयोजकमा खगेश्वर बोहोरा र लिलेन्द्रप्रसाद प्रधान छन् । बोहोरा नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघका अध्यक्ष र प्रधान नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका अध्यक्ष हुन् । समितिको सदस्यमा गोकुल भण्डारी, शिवप्रसाद घिमिरे, विश्वप्रसाद अर्याल, श्याम बुढाथोकी र कमल खड्का तथा समिति सदस्य सचिवमा कृष्णभक्त श्रेष्ठ छन् ।

पेट्रोलियम ढुवानी नियमित

पेट्रोलियम पदार्थको ढुवानी सुचारु भएको छ । बढेको भाडादर नेपाल आयल निगमले लागू नगरेको भन्दै ढुवानी रोकेका ट्याङ्कर व्यवसायी र निगमबीच सहमति भएपछि ढुवानी सुचारु भएको हो । निगमबाट गठित प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा मर्मतसम्भार खर्च यकिन गरी भाडा समायोजन गरिने सहमति भएको छ । निगमबाट समायोजन हुन बाँकी राजस्व तथा शुल्क, ट्याङ्करलाई भारत सरकारले लिने सडक दस्तुर, प्रवेश इजाजत शुल्क, नेपाल र भारततर्फ लाग्ने एकीकृत भन्सार जाँच शुल्क, ट्याङ्करको परिणाम मापन शुल्क, विस्फोटक प्रमाणपत्र र चालक÷सहचालकको पारिश्रमिक यकिन गरी समायोजन गरिने भएको छ ।