काठमाडौँ – प्रतिनिसिभा विघटन विरुद्ध १४६ जना सांसदले दायर गरेको रिटमाथि आइतबार निवेदक पक्षको बहस सकिँदैछ। सुरुवाती बहसका लागि निवेदक पक्षले संवैधानिक इजलासमा पाएको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट बहस गर्न बाँकी रहेको छ। जवाफी बहसका लागि थप तीन घण्टा उपलब्ध गराइएको छ। आइतबार उक्त समयमा कांग्रेस सभपाति शेरबहादुर देउवाका वकिलले कुरा राख्नेछन्। […]