प्राधिकरणको ध्यान काममा भन्दा प्रचारमा बढी

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा शुरू गरेको बिजुलीका तारको भूमिगत व्यवस्थापनको पहिलो चरणको काम अझै पूरा भएको छैन । गुजमुज्ज तारका कारण उपत्यका निकै कुरूप देखिएपछि सुन्दरता बढाउने तथा हावाहुरीबाट पोलमा हुने क्षति नहुने व्यवस्था मिलाउन प्राधिकरणले २०७५ सालमा बिजुलीका तार भूमिगत बनाउन शुरू गरेको हो । तर, यो काम धेरै ठाउँमा अपूरो छ भने समग्र परियोजनाको काम ३० प्रतिशत बाँकी नै रहेको देखिन्छ । प्राधिकरणले यस परियोजनाका लागि २ पटक म्याद थपिसकेको छ । तर, पनि काम सम्पन्न हुन सकेको छैन ।  नेपाल विद्युत् प्राधिकरणमा अहिले कामभन्दा पनि हल्ला बढी गर्ने प्रवृत्ति देखापरेको छ । बिजुलीको आन्तरिक खपतका लागि आवश्यक प्रसारण लाइन र अन्य तयारी गर्न सकेको छैन । अझ पछिल्लो समय लोडशेडिङकै झझल्को हुने गरी बिजुली जान थालेको छ । झ्याप्पझ्याप्प बत्ती जाने समस्यालाई समाधान तगर्न त प्राधिकरणले ध्यानै दिएको पाइँदैन । त्यसैले लोडशेडिङ अन्त्य गरेर प्रशंसा बटुलेको प्राधिकरण नेतृत्वको अहिले आलोचना हुन थालेको छ ।  भारतलाई बिजुली बेचेर यति आम्दानी भयो उति आम्दानी भयो भनेर बताउने प्राधिकरणले निर्यातभन्दा आयातमा बढी पैसा खर्च गरेको छ । त्यस्तै भारतलाई विक्री गर्दा प्राधिकरणले आपूर्ति व्यवस्थापनमा खासै ध्यान दिनु नपर्ने भएकाले निर्यातमा बढी जोड दिइरहेको देखिन्छ । खासमा अहिले जति बिजुली उत्पादन भइरहेको छ त्यो सबै नेपालमै खपत हुन सक्छ । वर्षायामको बिजुली पनि बढी होइन । प्रधानमन्त्री पुष्पकमल दाहालले प्राधिकरणको नाफा १२ अर्ब नाघेको भनी ट्विट गर्नुभएको छ । तर, यो नाफा उद्योगी, व्यवसायीबाट उठ्न बाँकी रकमसमेत जोडेर देखाएको पाइन्छ । डेडिकेटेड फिडरमार्फत उद्योगीहरूलाई दिइएको बिजुलीको शुल्कका बारेमा अझै विवाद छ र उनीहरू यो रकम नतिर्ने अडानमा छन् । यसको विवाद समाधान भइसकेको छैन ।  प्रधानमन्त्रीले प्राधिकरणको तथ्यांकलाई हेरेर यस्तो ट्वीट गरेको हुनुपर्छ । तर, प्राधिकरणको हिसाबकिताब एक त पारदर्शी छैन, अर्को उसले सही तरीकाले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने गरेको छैन । सञ्चारकर्र्मीहरूले यसको तथ्यांक माग्दा पनि उपलब्ध गराउन सकेको पाइँदैन । यस्तोमा उसको वित्तीय विवरण विश्वसनीय छ भन्न सकिँदैन । सरकारी नै भए पनि बैंकहरूको विवरण विश्वसनीय देखिन्छ किनभने त्यसमा धेरै नै पारदर्शिता छ । तर, प्राधिकरणको विवरणमा विश्वास गरिहाल्न सक्ने अवस्था छैन । त्यसैले प्रधानमन्त्रीले पनि यस्ता सूचना सार्वजनिक गर्दा यकीन गर्न सक्नुपर्छ ।  प्राधिकरणको नेतृत्व बिजुलीको आन्तरिक खपतमा त्यति सक्रिय भएर लागेको देखिन्न । ट्रान्सफर्मरहरू सुधार गर्ने, गुणस्तरीय र नियमित विद्युत् आपूर्ति गर्ने कुरामा ऊ चुकिरहेको छ । त्यतिमात्र होइन, उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन पनि सकेको छैन । ज्यादा बिजुली चाहिने सिमेन्ट र स्टील उद्योगलाई नियमित र गुणस्तरीय बिजुली उपलब्ध गराउने हो भने भारतलाई विक्री गरेको जति बिजुली यहीँ खपत हुन सक्छ । अर्को, भारतलाई बेच्ने बिजुली सस्तो छ भने उद्योग र घरायसी प्रयोगका लागि वितरित बिजुली महँगो छ । त्यसो हुँदा बिजुली नेपालमै खपत गर्नुपर्छ भन्ने आवाज बढ्दो छ । यथार्थ के हो भने भारतलाई बेच्ने बिजुली थोक मूल्यमा हुन्छ र नेपाललाई त्यसको विक्रीको झन्झट हुँदैन । त्यसैले भारतलाई दिएको दरमा नै नेपालमा बिजुली उपलब्ध गराउनुपर्छ भन्न सकिँदैन । तर, बिजुलीको मूल्य घटाउने हो भने खाना पकाउने काममा यसले ग्यासलाई प्रतिस्थापन गर्न सक्ने देखिन्छ । त्यसैले विद्युत् प्राधिकरणको हालको रणनीति सही बाटोतर्फ गएको देखिँदैन । विद्युत् निर्यातमा पाएको एउटा सफलतालाई मात्र आधार बनाएर प्राधिकरण नेतृत्व सफल भएको मानिन्न । अत: प्राधिकरणले विद्युत् निर्यात र आन्तरिक बजारमा गुणस्तरीय नियमित बिजुली आपूर्तिका लागि ठोस कार्यक्रमका साथ अघि बढ्नु आवश्यक देखिन्छ । 

सम्बन्धित सामग्री

डेढ वर्ष बित्दा पनि सुरू भएन बस बिसौनीमा ‘फल्चा’ बनाउने बालेनको योजना

२० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘स्टन्ट’ का काम गर्न औधी रुचाउँछन् । क्षणभरमै ‘वाहवाही बटुल्ने’ तर दिगो नहुने काममा उनको बढी ध्यान जाने गरेको छ । तर, आफैंले बनाएको बजेटमा उल्लेख भएका विकास निर्माणका काम सुरु गर्न भने मेयर बालेनलाई खासै तातो लागेको देखिँदैन । यद्यपि, ती महानगरवासीको सुविधाको विषय किन […]

विन्टर डिप्रेसनबाट जोगिन घाममा बस्नुस्

अनिद्रा, काममा ध्यान केन्द्रित गर्न नसक्ने, निराशा बढ्नेजस्ता लक्षण दुई हप्ताभन्दा बढी देखिएमा सिजनल अफेक्टिभ डिसअर्डर वा विन्टर डिप्रेसन भएको मानिन्छ । शरीरमा भिटामिन डीको कमी तथा विभिन्न कारणले दिमागमा सेरोटोनिन...

सङ्कट आउन नदिन बङ्गलादेशका प्रधानमन्त्रीद्वारा खाद्य उत्पादनमा जोड

देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गर्नुभएको छ । उहाँले देशमा कृषिका आयोजनाहरुलाई प्राथमिकता दिइने भन्दै खाद्यान्न उत्पादनका काममा बढी जोड दिन सबैलाई आग्रह गर्नुभएको हो । विश्वका कतिपय देशमा अहिले खाद्य संकटको समस्या आइरहेकाले यस्तो समस्याबाट बच्नका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्ने अवस्था आएको […]

श्रमिकको हितमा ध्यान दिन आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने खालका काममा बढी ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिनुभएको छ । श्रम सहचारी र काउन्सिलरको अभिमुखीकरण समापन कार्यक्रममा आइतबार मन्त्री कुँवरले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासा सम्बोधन गर्न र देशलाई पनि हित हुने काममा ध्यान दिन निर्देशन दिनुभएको हो ।

जलजला : शैक्षिक अवस्था थाहा पाउन १२ सय विद्यार्थीको परीक्षा

पर्वत : स्थानीय तहको ध्यान विकासे काममा मात्रै बढी गएको देखिन्छ। दीर्घकालीन नतिजाभन्दा तत्कालै देखाउन मिल्ने काममा उनीहरूको ध्यान छ। उनीहरू भौतिक पूर्वाधारमा मात्रै बढी केन्द्रित हुँदा दीर्घकालीन रूपमा समाजलाई फाइदा हुने शिक्षा र स्वास्थ्यमा त्यति धेरै ध्यान जान सकेको छैन।पर्वतको जलजला गाउँपालिकाले भने भौतिक विकास सँगसँगै शैक्षिक विकासमा पनि चासो दिएको छ। गत वर्ष स्थानीय तहका अधिकांश विद्यालयलाई आईसिटीको विस्तारका लागि ल्यापटप, प्रिन्टर र सम्भव भएका ठाउँका विद्यालयमा इन्टरनेटको सुविधा दिएको गाउँ

टिभी हेरेर बिग्रिरहेको छ तपाईंको बच्चाको भाषा ? यसमाथि नियन्त्रण कसरी गर्ने ?

आजको आधुनिक समयमा बालबालिकाले पढाइ, खेलकुद र अन्य महत्वपूर्ण काममा ध्यान दिनुभन्दा टिभी र इन्टरनेटमा बढी समय दिन्छन् । टिभी र इन्टरनेटको दुनियाँमा आजकल बाल्यकाल कतै हराइरहेको छ । यो उनीहरूको शारीरिक र मानसिक विकासको लागि बिल्कुल राम्रो हुँदैन किनभने बालबालिकाले जब टिभी वा इन्टरनेटमा अत्यधिक समय व्यतित गर्छन्, तब बाहिरका खेलहरूलाई उनीहरुले वास्तै गर्दैनन् । यसले उनीहरूको स्वास्थ्यमा प्रतिकुल असर गर्छ । यति मात्र होइन, टिभी हेर्दा बालबालिकाको भाषा पनि बिग्रँदै गएको छ र व्यस्त जीवनका कारण अभि

धार्मिकस्थलमा नित्य पुजा, ध्यान र प्रार्थनामात्रै

काठमाडौ । सरकारले कोरोना संक्रमण उच्च बन्दै जान थालेपछि धार्मिकस्थलमा नित्य पूजा, ध्यान र प्रार्थना बाहेकका काममा रोक लगाउने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिसिएमसीको सिफारिसका आधारमा यस्तो निर्णय गरेको हो । बैठकले त्यस्ता स्थलमा २५ जना भन्दा बढी भेला हुन पनि निषेध गर्ने निर्णय गरेको छ ।साथै, विवाह व्रतबन्ध लगायतका कार्यक्रममा पनि सो भन्दा बढि सहभागी हुन नमिल्ने गरी आदेश जारी गरेको हो । सरकारको आदेश पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनी पनि दिएको छ ।

जसलाई 'दानव' हुनुले चिनायो…

लक्ष्मी बलायर- बुबा नारायण श्रेष्ठ पहिल्यैदेखि चाहन्थे - छोराले धेरै पढोस्। आफूले जस्तै सरकारी जागिर खाओस्। सरकारी जागिरले जिन्दगी सुखी बनाउँछ भन्ने विश्वास थियो। सरकारी सेवामा हुनुलाई भाग्यमानी मानिन्थ्यो। तर, मदनदास श्रेष्ठको रुची भिन्न थियो। पढाइभन्दा बढी सिर्जनशील काममा ध्यान दिन्थे उनी।   मामाघरमा दसैं, तिहार, गाइजात्रामा हुने गरेका नाटकले मदनदासलाई…