श्रमिकको हित हुने काममा बढी ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई श्रम मन्त्रीकाे निर्देशन

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने खालका काममा बढी ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिनुभएको छ । श्रम सहचारी र काउन्सिलरको अभिमुखीकरण समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले श्रम गन्तव्य देशमा श्रमिकका गुनासा सम्बोधन गर्न र देशलाई पनि हित हुने काममा ध्यान दिन निर्देशन दिनुभएको हो । अभिमुखीकरण कार्यक्रम समापनमा मन्त्री कुँवरले समस्यामा परेका श्रमिकहरू दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो धेरै आउने गरेको बताउँदै श्रमिकका समस्या समा...