जलजला : शैक्षिक अवस्था थाहा पाउन १२ सय विद्यार्थीको परीक्षा

पर्वत : स्थानीय तहको ध्यान विकासे काममा मात्रै बढी गएको देखिन्छ। दीर्घकालीन नतिजाभन्दा तत्कालै देखाउन मिल्ने काममा उनीहरूको ध्यान छ। उनीहरू भौतिक पूर्वाधारमा मात्रै बढी केन्द्रित हुँदा दीर्घकालीन रूपमा समाजलाई फाइदा हुने शिक्षा र स्वास्थ्यमा त्यति धेरै ध्यान जान सकेको छैन।पर्वतको जलजला गाउँपालिकाले भने भौतिक विकास सँगसँगै शैक्षिक विकासमा पनि चासो दिएको छ। गत वर्ष स्थानीय तहका अधिकांश विद्यालयलाई आईसिटीको विस्तारका लागि ल्यापटप, प्रिन्टर र सम्भव भएका ठाउँका विद्यालयमा इन्टरनेटको सुविधा दिएको गाउँ

सम्बन्धित सामग्री

विद्यालयको नतिजा निराशाजनक

म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा निराशाजनक देखिएको छ । गाउँपालिका आफैँले कक्षा ८ को परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका जाँच गरेर नतिजा प्रकाशित गरेको छ । गाउँपालिकाभित्र आधारभूत र माध्यमिक गरी १२ सामुदायिक र दुई संस्थागत गरी १४ विद्यालयका कक्षा ८ मा अध्ययनरत २३० जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ७४ जना मात्र उत्तीर्ण भएका छन् । तीमध्ये दुई वटा विद्यालयको नतिजा शून्य छ । गाउँपालिकाले हालै मात्र आधारभूत शिक्षा परीक्षा २०८० सालको नतिजा सार्वजनिक गरेको थियो ।