नेकपा (एमाले)को पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ। दशौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अब अनलाइनबाटै सदस्यता प्रदान गर्ने भएको छ । राप्रपाले अनलाइनबाटै पार्टीको सदस्यता लिन सकिने व्यवस्था गरेको हो ।
राप्रपाको वेबसाइटमा गएर नयाँ सदस्यता र नवीकरणका लागि आवेदन दिन सकिने छ । वेबसाइटमा गएर नयाँ सदस्यता लिने वा नवीकरण गर्ने हो, सो छनौट गरेर आवेदन दिन सकिने छ ।
साधारण सदस्यका लागि १० रुपैयाँ, सक्रिय सदस्यका लागि एक वर्षको...
काठमाडौं । कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले नेकपा एमालेसँगको सबै आवद्धता त्यागेको घोषणा गरेकी छन् । बुधबार विज्ञप्ति जारी गरेर उनले साझा भूमिकामा रहनुपर्ने सभामुखमा निर्वाचित भएकाले एमालेको सम्पूर्ण जिम्मेवारी र आवद्धताबाट अलग भएको घोषणा गरेकी हुन् । साथै सभामुख पदको जिम्मेवारी वहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाएकी छन् ।
काठमाडौं, १६ साउन । निर्वाचन आयोगले पार्टी सदस्यता लिएका कर्मचारी, शिक्षक देखि सरकारी नियुक्तिमा रहेकाहरुबारे गम्भीर चासो देखाएको छ । त्यस्ता नियुक्ति खाइआएकाहरु पार्टी सदस्यता रहेमा कारबाहीको भागिदार बन्छन् । तर, मुख्य दलमा आवद्ध त्यस्ता व्यक्तिहरु खुलेआम पार्टी सदस्यता बनेर राज्यलाई नै चुनौती दिने गरेका छन् । विशेषगरी, शिक्षण पेशामा रहेकाहरुले राजनीतिक दलमा आवद्ध भई […]
राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा गर्ने
राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको माओवादी केन्द्रको पार्टी सदस्यता संख्या सात लाख नाघेको छ । आठ लाख पार्टी सदस्यता वितरण गर्ने लक्ष्य राखेको माओवादी केन्द्रका वडा र पालिकाका...
स्थायी कमिटी बैठकले पार्टीको वडा सम्मेलन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकाल्दै बाँकी रहेका स्थानमा दुई दिनभित्र सम्मेलन सक्ने पनि जनाएको प्रवक्ता महाराले बताउनुभयो ।
नेकपा (एमाले) को पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ । दशौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनकाअनुसार तीमध्ये पाँच लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला रहेका छन् । एमालेको नवौं महाधिवेशनमा पाँच लाख ९१ हजार सङ्गठित सदस्य रहेको थिए । पार्टीको दशौँ महाधिवेशनमा आइपुग्दा एमालेले एक लाख ९८ हजार सङ्गठित सदस्य थप गरेको छ । एमालेको दश
काठमाडौं, ४ कार्तिक । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले यही कार्तिक २५ गतेसम्म पार्टी सदस्यता नविकरण गर्नेगरि कार्यतालिका हेरफेर गरेको छ । प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनको मिति भने नसारिएको स्पष्ट पारेका छन् । आज बसेको स्थायी कमिटीको बैठकले विभागको प्रमुखसहित सदस्यहरूको टुंगो लगाएको हो । आज बसेको स्थायी कमिटी बैठकले पार्टीका ३३ विभाग […]
नेकपा एमालेले अनलाइन मार्फत पार्टी सदस्यता दिने तयारी गरेको छ । ललितपुरको गोदावरीमा भएको पार्टीको पहिलो विधान महाधिवेशनमा यसबारे जानकारी दिइएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सो एप्लिकेसनकाे उद्घाटन गरेका छन् ।एप्लिकेसनबाट पार्टी सदस्यताका लागि आवेदन दिन सकिने र अनलाइनबाटै स्वीकृति दिइने पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सो एप्लिकेसनमा पार्टीको सम्पूर्ण निर्णय राखिने, पार्टीका सम्पूर्ण जनवर्गीय संगठनकाे प्रोफाइल राखिने उल्लेख गरे । अस्गर अलीकाे टोलीले सो एप्
रासस। नेकपा (एमाले)ले पार्टी महाविधेशनका लागि असार मशान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय कमिटी १३औँ बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्दै असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण र साउन ५गते नवीकरण गरिएको विवरण केन्द्रमा पठाउने प्रस्ताव गरे। पार्टी विधानअनुसार आगामी वैशाखभित्र पार्टीको १० औँ महाधिवेशन गर्नुपर्ने अनिवार्य व्यवस्था छ।
काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण र वितरण गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी केन्द्रीय कमिटीको बैठकमा उनले पार्टी सदस्यता असार मसान्तसम्म नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउन प्रस्ताव गरेका हुन् । शुक्रबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकमा सांगठनिक प्रस्ताव पेस […]