प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । एमालेका प्रदेश सभा सदस्यहरुले सोमबार बसेको नवौँ अधिवेशनको दशौँ बैठक अवरुद्ध गरेका हुन् ।
सरकार र प्रतिपक्ष दल नेकपा एमालेबीच सहमति जुट्न नसकेपछि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको कर्णाली प्रदेश सभाको बैठक आज बस्ने सकेन । संसद् सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार सूचना टाँसेर बिहीबारको बैठक स्थगित गरिएको हो । उनले शुक्रबारका लागि बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिए । बिहान ११ बजेदेखि बसेको सर्वदलीय बैठकमा आज पनि सहमति जुट्न सकेन । सत्ता र प्रतिपक्षको आ–आफ्नै अडानले सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको बताइएको छ । प्रदेश सभा गत असार १२ गतेदेखि अवरुद्ध हुँदै आए
कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रदेशसभा बैठकमा शुक्रवार पनि छलफल हुन सकेन ।प्रदेश सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाउँदै स्थगित हुँदै आएको छ ।यसअघि ३ पटक स्थगित भएको प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत शुक्रवारको चौथो बैठक पनि कार्यसूचीमा प्रवेश नहुँदै स्थगित भएको छ । सभामुख राजबहादुर शाहीले बैठकको क...
सुर्खेत : असार १ गते कर्णालीको २०७८/०८९ को बजेट सार्वजनिक भएदेखि एमालेका कारण बस्न नसकेको कर्णाली प्रदेशसभा बैठक फेरि अवरुद्ध भएको छ।आज (शुक्रबार) बसेको कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत १२ औँ बैठकको कार्यसूचीमै प्रवेश गर्न नपाई अवरुद्ध भएको हो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको हो।यसअघि असार ४, ६, ८ र ९ गतेको सदन एमालेकै कारण सदन नै चल्न सकेको थिएन। तर आज दिउँसो २ बजे बसेको बैठक पनि १५ मिनेटमै स्थगित भएको हो। प्रतिपक्ष दल नेकपा एमालेले बजेटमाथिको छ
मंगलबार २ बजे बोलाइएको कर्णाली प्रदेश सभा बैठक अझै सुरु हुन सकेको छैन ।सोमबार कार्यसूचीमा प्रवेशनै नगरी स्थगित प्रदेशसभाको आठौं अधिवेशन बैठक पुर्व निर्धारित समय भन्दा बढि दुई घण्टा बित्दा समेत सुरु नभएपछि अनिश्चित बनेको छ ।कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले लिएपछि बैठक स्थगित भएको थियो ।एमालेका संसदीय दलका नेता यामलाल कँडेल र सांसद करविर शाहीले मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदन चल्न न