काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। शुक्रबार केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भने, ‘हामीले कारबाही गरेका मान्छेलाई सभामुखले सूचना निकाल्नु भएन। अदालतले अहिलेसम्म यो मुद्दामा फैसला दिएको छैन। यो कुराको टुंगो नलागेसम्म संसद अवरोध जारी रहन्छ।’संसदको अवरोध हटाउन सभामुखले माधव नेपालसहित १४ सांसदको कारवाहीको सूचना टाँस गर्नु वा