काठमाण्डाै - १७ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच खेल हुँदैछ । खेल श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ ।
नेपालले समूह चरणको अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो । यो खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ । समूह ‘बी’ मा ३ अङ्क जोडेको नेपाल दोस्रो र भारत शीर्ष स्थानमा छन् । नेपालले भुटानलाई हराउँदै विजयी सुरुआत गरेको थियो ।
जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ । भारत पनि अन्तिम चारमा पुगिसकेको छ । आज नेपाल...