साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको छ ।सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए ।१३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने […]

सम्बन्धित सामग्री

साफ च्याम्पियनसिप : फाइनलको होडमा चार देश

काठमाडौं : माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिप फुटबलमा फाइनलमा पुग्ने सम्भावना चारवटै देशको यथावत छ। नेपाल र बंगलादेशसँगै आयोजक माल्दिभ्स, सात पटकको च्याम्पियन भारतको पनि सम्भावना उत्तिकै छ।बलियो सम्भावना बनाएको नेपालका लागि आइतबारको नतिजाले अन्य देशको सम्भावनालाई पनि उजागर गरेको छ। चारवटै खेल खेलिसकेको श्रीलंका भने भारतसँगको खेलमा बराबरी खेले पनि अन्य खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ।आइतबार नेपाल भारतसँग तथा श्रीलंका माल्दिभ्ससँग समान १–० गोल अन्तरले पराजित भएका छन्।

साफ च्याम्पियनसिप- नेपालसँग माल्दिभ्स १–० गोलअन्तरले पराजित

काठमाडौँ-माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप–२०२१ अन्तर्गत गएराति भएको खेलमा नेपालले विजय सुरुवात गरेको छ । पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले खेलको ८६ औं मिनेटमा गरेको गोल नेपालका लागि निर्णायक बन्यो । माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत […]

साफ च्याम्पियनसिप फुटबलमा नेपालको बिजयी सुरुवात, माल्दिभ्स बिरुद्द शानदार जित

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण अन्तर्गतको पहिलो खेलमा नेपालले बिजयी सुरुवात गरेको छ। आयोजक माल्दिभ्सलाई १ गोलले पराजित गर्दै साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करणमा नेपालले बिजयी सुरुवात गरेको हो। मनिस डाँगीले ८६ औं मिनेटमा माल्दिभ्स बिरुद्द शानदार गोल गर्दै नेपाललाई जित दिलाएका हुन्। यससंगै नेपालले प्रतियोगितामा ३ अंक जोड्न सफल भएको छ। बंगलादेशसँगै शीर्ष स्थानमा रहेको छ ।नेपालका लागि सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका डाँगीले मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाई कटाएर गोल गर्न सफल भएका हुन्। दोस्रो हाफको सुरुआतदेखि नेपाल केही आक्रामक देखिएको थियो र अन्तत: यसले नतिजा पनि देखायो । खेलको ५९ औं मिनेटमा नेपालका लागि किरण लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए। पहिलो हाफमा बराबरी खेलेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदशन गर्दै जित निकाल्न सफल भएको हो। खेल नेपाली समयअनुसार ९ः४५ बजे सुरू भएको हो। आजको खेलसंगै नेपालले माल्दिभ्सलाई ५ पटक हराएको छ भने ४ खेलमा बराबरी तथा ९ खेलमा पराजित भएको छ। साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ। नेपालसहित पाकिस्तान र भुटानले अहिलेसम्म साफको उपाधि जित्न सकेका छैनन् । यी टिम अहिलेसम्म फाइनलमै पुग्न सकेका छैनन्।

साफ च्याम्पियनसिप-२०२१ का लागि माल्दिभ्स तयार

पूर्व दुई विजेता बंगलादेश र श्रीलंकाबीचको खेलसँगै साफ च्याम्पियनसिप २०२१ शुक्रबार सुरु हुँदैछ । नेसनल स्टेडियममा हुने दिनको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन तथा आयोजक माल्दिभ्सले नेपालको सामना गर्नेछ । माल्दिभ्स फुटबल संघले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको पनि जनाएको छ ।

साफ च्याम्पियनसिप : अहिले नभए कहिले ?

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध खेल्दै साफ च्याम्पियनसिप २०२१ मा यात्रा सुरु गर्दैछ । इतिहासकै सबैभन्दा लामो तयारीका साथ माल्दिभ्स पुगेको नेपाली टोलीका लागि यसपटक आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती छ । कम्तिमा फाइनल पुग्न नसके टोलीको एक वर्षभन्दा लामो तयारी व्यर्थ नै हुनेछ । एक वर्षअघि बंगलादेशविरुद्ध मैत्रीपूर्ण […]

शुक्रबारदेखि साफ च्याम्पियनसिप, अलमुताइरीको अग्नि परीक्षा

असोज १०, काठमाण्डौ । शुक्रबारदेखि माल्दिभ्समा शुरु हुन गईरहेको साफ च्याम्पियनसिपको उद्घाटन खेल तालिका परिवर्तन गरिएका् छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यसअघि उद्घाटन खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्ने कार्यक्रम रहेकोमा परिवर्तन गर्दै पहिलो श्रीलंका र बंगलादेश भिड्ने जानकारी दिएको हो । माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा हुने श्रीलंका र बंगलादेशबीको […]

साफ च्याम्पियनसिप : पहिलो पटक च्याम्पियन बन्ने नेपालको लक्ष्य

१४ असोज, काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । २८ वर्षको इतिहास बोकेको साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन । उपाधिको कुरा छाडौं, नेपाल अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन । यसपटक च्याम्पियन बन्ने लक्ष्यसहित किरण कुमार लिम्बु (चेम्जोङ) को कप्तानीमा नेपाली टोली सोमबार माल्दिभ्स पुगिसकेको छ । […]

साफ च्याम्पियनसिप खेल्न नेपाली फुटबल टिम माल्दिभ्समा

काठमाडौँ- साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ । साफ च्याम्पियनसिपको तयारी खेलहरु सकेर नेपाली टोली कतार माल्दिभ्स पुगेको हो । नेपाली टिम सोमबार माल्दिभ्स जानअघि भारत र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको छ । आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित हुँदा भारतसँग नेपालमा भएको मैत्रीपूर्ण खेलमा एक […]

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

काठमाडौँ- साफ च्याम्पियनसिप आयोजना अधिकारको दौडमा माल्दिभ्सले नेपाललाई उछिनेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सोमबार गरेको निर्णय अनुसार अब साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ । साफ च्याम्पियनसप आयोजनाका लागि माल्दिभ्स र नेपालले प्रस्ताव राखेका थिए ।  ‘कोभिड-१९ संक्रमण दर नेपालमा भ…

नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव

नेपाल समाचारपत्र, काठमाडौं । बंगलादेशले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) आयोजना गर्न नसक्ने भएपछि सोको आयोजना गर्न नेपाललाई आधिकारिकरूपमा प्रस्ताव आएको छ । आउँदो अक्टोबरमा आयोजना गर्न सहमति भएकोमा साफ बैठकले नेपाललाई प्रस्ताव राखेको हो । तर, नेपालसँगै माल्दिभ्स र भारतले पनि प्रतियोगिता आयोजना गर्न दाबेदारी प्रस्तुत गरेका थिए । प्रतियोगितामा ५ टोलीले मात्र […]