घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्तको मर्जरपछि कायम शेयर सूचीकृत

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जरपछि कायम शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । यी दुई कम्पनी १ बराबर शून्य दशमलव ५ को अनुपातमा शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । यी दुई कम्पनीले मर्जर प्रक्रिया पूरा गरी २०७८ पुस ३० गतेदेखि एकीकृत कारोबार शुरू गरेका थिए । मर्जरका लागि सहमति भएको स्वाप रेसियोअनुसार कायम ११ लाख ६ हजार ३२५ कित्ता शेयर फागुन ३ गते नेप्सेमा सूचीकृत भएको हो । घोडीघोडा लघुवित्तको कुल १ लाख ३८ हजार १२५ कित्ता र युनिक नेपाल लघुवित्तको ९ लाख ६८ हजार २०० कित्ता शेयर सूचीरण भएको नेप्सेले जानकारी दिएको छ । साविक घोडीघोडा लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको कुल १ लाख ३८ हजार १२५ कित्ता शेयर युनिक नेपाल लघुवित्तको नाममा कारोबार हुने र युनिक नेपाल लघुवित्तको संस्थापकतर्फको कुल ९ लाख ६८ हजार २०० कित्ता शेयर थप सार्वजनिक निष्कासन सम्पन्न नभएसम्म कारोबार गर्न नपाइने नेप्सेको भनाइ छ । सूचीकरण भएको दोस्रो कारोबार दिनदेखि कारोबारयोग्य हुने यो शेयरको खुला मूल्य नेप्सले प्रतिकित्ता रू. ३२९ दशमलव ८३ देखि अधिकतम रू. ९८९ दशमलव ४९ तोकेको छ । आइतवारदेखि साविक घोडीघोडा लघुवित्तको शेयरधनीहरूले युनिक नेपाल लघुवित्तको नामबाट आफ्नो शेयर कारोबार गर्न सक्नेछन् ।

सम्बन्धित सामग्री

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, भाग्यमानी पाँच जनाले पाए ११ कित्ता शेयर

काठमाडौं । युनिक नेपाल वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ । कम्पनीले जेठ ११ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको एफपीओ बिहीवार विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमा बाँडफाँट गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गरेको थियो । सो एफपीओमा १३ लाख ५७ हजार १८० जनाले १ करोड ५४ लाख २७ हजार ५३० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार ४९३ आवेदन रद्द भएको छ भने १३ लाख ५५ हजार ६८७ आवेदन स्वीकृत भएको छ । स्वीकृत आवेदनमध्ये ३७ हजार ९४२ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरीएको छ । जसमध्ये भाग्यमानी पाँच जनाले थप एक कित्ता गरी ११ कित्ता प्राप्त गरेका छन् । साविक युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज भई बनेको यस कम्पनीमा संस्थापकतर्फ ९४ दशमलव शून्य १ प्रतिशत र सर्वसाधारणतर्फ ५ दशमलव ९९ प्रतिशत शेयर स्वामित्व रहेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा छुट्याउनुपर्ने व्यवस्थाअनुसार एफपीओ जारी गरेको हो । कम्पनीमा मर्ज भएको घोडीघोडा लघुवित्तले पहिले नै आईपीओ जारी गरिसकेको थियो । युनिक नेपालले आईपीओ जारी गर्न बाँकी रहेको शेयर पूँजीलाई धितोपत्र जारी गर्दा आईपीओ नामबाट जारी गर्न नमिल्ने भएकाले सोही आईपीओ जारी गर्न बाँकी रहेको रकमलाई एफपीओ विधिबाट विक्री गरेको हो ।

युनिक नेपाल लघुवित्तको एफपीओ खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । युनिक नेपाल लघुवित्त लिमिटेडले जेठ ११ गतेदेखि विक्रीमा ल्याएको एफपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिशेयर १००  अंकित मूल्यमा ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गरेको हो । जेठ १६ गतेसम्म कम्पनीको एफपीओ खरीदका लागि मागभन्दा ३९ दशमलव ४३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार १२ लाख ८५ हजार २२६ जना आवेदकहरूले १ करोड ४९ लाख ६१ हजार ४२० कित्ता शेयर खरीद माग गरेका हुन् । साविक युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज भई बनेको यस कम्पनीमा संस्थापकतर्फ ९४ दशमलव शून्य १ प्रतिशत र सर्वसाधारणतर्फ ५ दशमलव ९९ प्रतिशत शेयर स्वामित्व रहेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा छुट्याउनुपर्ने व्यवस्था अनुसार एफपीओ जारी गरेको हो । यस कम्पनीमा मर्ज भएको घोडीघोडा लघुवित्तले पहिलानै आईपीओ जारी गरिसकेको थियो । युनिक नेपालले आईपीओ जारी गर्न बाँकी रहेको शेयरपूँजीलाई धितोपत्र जारी गर्दा आईपीओ नामबाट जारी गर्न नमिल्ने भइकाले सोही आईपीओ जारी गर्न बाँकी रहेको रकमलाई एफपीओ विधिबाट विक्री गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि  अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । एफपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल ए इस्यूअर देखि केयर एनपी डी इस्यूअरसम्मको रेटिङ् प्रदान गर्ने गर्दछ । जसमा केयर एनपी त्रिपल ए इस्यूअर रेटिङले बलियो आधारको संकेत गर्दछ भने केयर एनपी डी इस्यूअर रेटिङले कमजोर आधारको संकेत गर्दछ ।  गत आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ७३ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ३२१ रूपैयाँ २३ पैसा रहेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार भने कम्पनी ५ करोड ९८ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्म भने कम्पनीले १४ करोड १६ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष ०८०/८१ सम्म भने करिब २४ करोड सञ्चित नाफा गर्ने प्रक्षेपण कम्पनीले गरेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

जेठ ११ गतेदेखि एफपीओ निष्कासन गर्दै युनिक नेपाल लघुवित्त

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) विक्री खुला गर्दै छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । साविक युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थासँग मर्ज भई बनेको यस कम्पनीमा संस्थापकतर्फ ९४ दशमलव शून्य १ प्रतिशत र सर्वसाधारणतर्फ ५ दशमलव ९९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिनेका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गर्दा दिएको निर्देशनबमोजिम कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीको एफपीओ विक्री अवधि जेठ १६ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा जेठ २५ गतेसम्म विक्री समय लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूणर् कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । एफपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ । एफपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्तापूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । एफपीओपछि कम्पनीको संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व कायम हुनेछ । गत आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरणअनुसार ७ करोड ६७ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ३२१ दशमलव २३ रहेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनी ५ करोड ९८ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

युनिक नेपाल लघुवित्तले एफपीओ जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

चैत २१, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डसँग एफपीओ निष्कासनका लागि अनुमति  माग गर्दै निवेदन दिएको छ । कम्पनीले गत चैत १७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो। बोर्डले अनुमति दिएमा कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा  कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्नेछ।  कम्पनीकाो शेयर  निष्कासन तथा  विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई  मर्जर गरी गत पुस ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । युनिक लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्जर गरेपछि बनेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले शेयर संरचना मिलाउनको लागि एफपीओ निष्कासन गर्न लागेको हो । घोडीघोडा लघुवित्त सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था दोस्रो बजारमा सूचीकृत नभएको  कम्पनी हो । सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्जर तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने कानूनी प्रावधान भएकाले  कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । आवश्यक प्रक्रिया पुरा गरेर बोर्डबाट अनुमति पाएपछि मात्र कम्पनीले एफपीओ निष्कासन गर्नेछ ।

युनिक नेपाल र घोडीघोडाको एकीकृत कारोबार सुरु

युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्च भएपछि आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। शुक्रबार कोहलपुरमा सम्पन्न भएको एकीकृत कारोबार घोषणा कार्यक्रममा दुवै वित्तीय संस्थाका अध्यक्षद्वय...

घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्तको एकीकृत कारोबार पुस ३० गतेदेखि

पुस २१, काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया सम्पन्न गरी पुस ३० गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।  ती दुई कम्पनी बीच २०७७ कात्तिक २१ गते मर्जर प्रक्रियामा जाने प्रारम्भिक सम्झौता भएको थियो । घोडीघोडा लघुवित्तका १०० कित्ता शेयर बराबर युनिक लघुवित्तको ५० कित्ता शेयर शेयर आदान प्रदान गर्ने सहमति अनुसार ती दुई कम्पनी मर्र्जरमा गएका हुन् । घोडीघोडा लघुवित्त धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म सर्वसाधारणमा शेयर जारी गरेको छैन । मर्जर सम्झौता भएसँगै घोडीघोडा लघुवित्तको शेयर कारोबार २०७७ साल कात्तिक २३ गतेदेखि नेप्सेमा रोक्का रहेको छ ।   घोडीघोडा लघुवित्तको असोज १६ गते र युनिक नेपाल लघुवित्तको असोज ८ गते सम्पन विशेष साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकबाट असोज २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्राप्त गरेका कम्पनीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुस २० गते स्वीकृति पाएसँगै ती कम्पनीहरुले एकीकृत कारोबारको मिति तय गरेका हुन् ।  युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु हुने छ । मर्जर पश्चात बन्ने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय साविककै कोहलपुर नगरपालिका ११ न्यूरोड, बाँकेमा नै रहनेछ । एकीकृत कारोबार शुरु हुने दिन दुबै कम्पनीको सवै कार्यालयहरुमा कार्य सञ्चालन भने हुने छैन ।

मर्जरपछि युनिक नेपाल र घोडीघोडा लघुवित्तको एकिकृत कारोबार मिति तय

युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्तलाई मर्जर गरे पश्चात पुस गते ३० शुक्रबारबाट एकिकृत कारोबार शुभारम्भ गर्ने भएको छ । युनिक नेपाल लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो। बाँके जिल्ला, कोहलपुर नगरपालिका, वडा नं. ११ न्युरोडमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले  कञ्चनपुर जिल्ला श्रीपुर बेलौरी नगरपालिका वडा नं. ४. बेलौरी मा केन्द्रीय कार्यालयरहेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्ज गरेको हो । युनिक नेपालको असोज ८ गतेको र घोडीघोडाको असोज १६ गतेको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए ।  नेपाल राष्ट्र बैंकले असोज २९ गते मर्जरको लागि अन्तिम स्वीकृत  प्रदान गरेको थियो।  त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २० गतेको पत्रबाट मर्जर हुने संस्था घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको अन्तिम दिनसम्म कायम रहेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित खायित्वहरु प्राप्त गर्ने संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको लेखाङ्कन हिसावमा समायोजन गर्नु पर्ने गरी स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ ।  मर्जर पश्चात बन्ने युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय साविककै कोहलपुर नगरपालिका, वडा नं. ११ न्युरोड, बाँकेमा नै रहने छ । कारोबार शुभारम्भ हुने उल्लेखित दिनमा दुबै वित्तीय संस्थाका सम्पूर्ण कार्यालयहरुमा कार्य सञ्चालन बन्द हुने कम्पनीले जनाएको छ।