भोलिबाट थप चिसो बढ्ने, पर्वतारोहण र हवाई/यातायात सेवा प्रभावित हुनसक्ने

काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणालीका कारण चिसो बढ्ने भन्दै सर्तक रहन आग्रह गरिएको छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले...

सम्बन्धित सामग्री

भिजिबिलिटीका कारण आन्तरिक उडान प्रभावित

खराब मौसमले भिजिबिलिटी कम हुँदा शनिबार बिहान आन्तरिक उडान प्रभावित भएका छन् । त्रिभुवन विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाइँका अनुसार भिजिबिलिटीका कारण बिहान सबै उडानहरू समयमा हुन सकेका छैनन् ।नेपालमा थप अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको छ । यस प्रणालीका कारण हवाइ क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायतका दैनिक जीवनमा असर पर्ने भएकाले सचेत रहन भनिएको छ । यस अवधिमा तापक्रम थप गिरावट हुने, चिसो बढ्ने र हिमपातबाट हुने समस्या थपिने भएकाले सतर्कता अपनाउन

न्यूनचापीय प्रणाली : मौसम बदली लम्बियो

नेपालमा थप अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको छ । यस प्रणालीका कारण हवाइ क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायतका दैनिक जीवनमा असर पर्ने भएकाले सचेत रहन भनिएको छ । यस अवधिमा तापक्रम थप गिरावट हुने, चिसो बढ्ने र हिमपातबाट हुने समस्या थपिने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।हाल कायम रहेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर अवस्थामा रहेको छ तर शनिबार बिहानदेखि पश्चिम नेपालबाट थप अर्को प्रणाली प्रवेश गर्न लागेकाले मौसम बदली बढेको मौसम पूर्वानुमान महाशाखाले

नेपाल भित्रियो अर्को मौसमी प्रणाली, फेरि वर्षा र हिमपातको सम्भावना

१३ पुस, काठमाडौं । नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा […]

काठमाडौं आसपासलगायत मुलुकका विभिन्न भागमा हिमपात[फोटो फिचर]

पुस १४, काठमाडौं ।  काठमाडौं आसपासलगायत मुलुकका विभिन्न भागमा हिमपात शुरु भएको छ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहानैदेखि सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।            महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/ यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन भनिएको छ ।     पर्यटकीयस्थल  चन्द्रागिरि डाँडामा बिहानैदेखि हिउँ पर्न शुरु भएको छ । वर्षासँगै हिमपात भएपछि हिउँ हेर्नेहरू डाँडामा पुगेका छन् । फुरुरु हिउँ परेको दृश्य  हेर्नेहरूको भीड नै लाग्न थालेको छ ।   चन्द्रागिरि मात्र होइन यो पटक हुम्ला, डोटी, मनांगमा  पनि यो वर्ष पहिलो पटक हिमपात भएको हो । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएको छ । चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन रआवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको छ । दिउँसो सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । रातिको समयमा पनि हल्कादेखि मध्यम वर्षा र धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।  हिमाली भेगमा बाक्लो हिमपात : जनजीवन प्रभावित         ताप्लेजुङ जिल्लामा आइतवार साँझदेखि भारी मात्रामा  हिमपात परेको छ ।  समुद्र सतहदेखि ३ हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा भारी हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो । घुन्सा क्षेत्रमा गत सातादेखि नै सामान्यरूपमा हिमपात शुरु भए पनि गए रातिदेखि निकै बाक्लो हिमपात पार्न थालेको स्थानीयवासी पेमा शेर्पाले बताएका छन् । हुम्लाकोसिमकोटमा पनि बिहानैदेखि परेको हिउँ दुई फिट जमेको छ । हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । यस वर्षकै ठूलो हिमपातले स्थानीइ मुचुकाखोलामा पानी जमेर बहाब कम भएको छ ।

यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

मौसम पूर्वानुमान महाशाखाले शनिवार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ  महाशाखाले शनिवार बिहान मौसमी बुलेटिन जारी गर्दै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको समेत जनाएको छ । देशभर चिसो बढ्ने क्रममा रहेकाले पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल प्रदेश १ र प्रदेश ...

आजदेखि ३ दिनसम्म भारी हिमपात र वर्षाको सम्भावना

नेपालको मौसममा २ प्रणालीको असर सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा देखिएको छ । जसका कारण आज बुधबार साँझबाट सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ।यी प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ ।‘बिहीबार रातिदेखि काठमाडौंको मौसम बदली हुने अनुमान छ । पहाडी क्षेत्रमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । जसका कारण तापक्रम घटेर चिसो बढ्ने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा  हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।महाशाखाले पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भन्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ।शुक्रबारबाट क्रमशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट कमजोर हुँदै जाने तर, आइतबार साँझबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छ ।