नेपालमा थप अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको छ । यस प्रणालीका कारण हवाइ क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायतका दैनिक जीवनमा असर पर्ने भएकाले सचेत रहन भनिएको छ । यस अवधिमा तापक्रम थप गिरावट हुने, चिसो बढ्ने र हिमपातबाट हुने समस्या थपिने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।हाल कायम रहेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर अवस्थामा रहेको छ तर शनिबार बिहानदेखि पश्चिम नेपालबाट थप अर्को प्रणाली प्रवेश गर्न लागेकाले मौसम बदली बढेको मौसम पूर्वानुमान महाशाखाले