चीनमा कोभिडका कारण दिनमै ३६ हजारको मृत्यु हुने चेतावनी !

पेचिङ (चीन) । गएको महीना चीन सरकारले कोभिडविरुद्ध शून्य सहनशीलताको नीति खारेज गरेपछि त्यहाँ कोरोना भाइरसको संक्रमण विष्फोटक रूपमा बढिरहेको छ । चीनमा आगामी लुनार नयाँ वर्षको सार्वजनिक बिदामा एक दिनमै ३६ हजार मानिसको कोभिडकै कारण मृत्यु हुन सक्ने विश्लेषण गर्न लागिएको छ । स्वतन्त्र विश्लेषक संस्था एयरफिनिटी लिमिटेडले यसअघि डिसेम्बर २९ मा गरेको अनुमानको तुलनामा सम्भावित मृतकका संख्या ११ हजारले बढाएको छ । यसले विश्वको सबैभन्दा धेरै जनसंखया भएको देश चीनमा संक्रमण कति डरलाग्दो गरी फैलिरहेको छ भन्ने उजागर गरेको छ । चीनको क्षेत्रीय प्रान्तहरू र कोभिडविरुद्ध शून्य सहनशीलता नीति लिएका अन्य देशमा सो नीति हटाएपछि बढेको संक्रमणको आधारमा यो अपडेट गरिएको लन्डनस्थित एयरफिनिटीले भनेको छ । चीनले लामो अनि गम्भीर संक्रमणको लहर देख्ने बताइएको छ । लुनार नयाँ वर्षको सार्वजनिक बिदामा करोडौं चिनियाँहरू आफ्नो घरपरिवारको सदस्यलाई भेट्न पुर्ख्यौली घर जान्छन् । आगामी १५ दिन चीनको स्वास्थ्य उपचार प्रणालीमा निकै ठूलो भार थपिने अनुमान आफूहरूले गरेको एयरफिनिटीका विश्लेषणत्मक निर्देशक म्याट लिन्लेले बताएका छन् । अस्पतालमा बिरामीको चाप र स्वास्थ्य उपचारको अभावका कारण उपचार गरेर निको पार्न सकिने बिरामीको समेत मृत्यु हुने बताइएको छ । चीनको हेनान, कान्सु, छिङहाई र युनानलगायत प्रान्तमा अहिले नै संक्रमण उत्कर्ष पुगिसकेको छ । नयाँ वर्षको समयमा गाउँ जानेको संख्याका कारण ग्रामीण क्षेत्रमा पनि संक्रमण यसअघि अनुमान गरिएको भन्दा तीव्र दरमा फैलिने विश्लेषणात्मक सूचकहरूले देखाइरहेका छन् ।कोभिडको विद्यमान लहरमा चीनमा पहिलो ५ हप्तामा अस्पतालमा भर्ना भएर उपचाररत् झन्डै ६० हजार कोभिडका बिरामीको मृत्यु भएको थियो । चीनमा कोभिडको महामारी शुरु भएयता यो वर्ष पहिलो पटक मानिसहरू लुनार नयाँ वर्षमा बिना कुनै रोकटोक यात्रा गर्न सक्ने भएका छन् । गएको तीन वर्षमा भने कोभिड नियन्त्रण गर्ने सरकारको कठोर नीतिका कारण यो पर्वमा मानिसहरूको चलहपहलमा उच्च कमी आएको थियो । तर, यो वर्ष चीनले कोभिडसम्बद्ध सबै प्रतिबन्धहरू हटाएको अनि सीमा खुला गरेसँगै यो वर्ष चीनको यात्रामा उल्लेख्य सुधार आएको छ । यो वर्ष सार्वजनिक बिदाका बेलामा २ अर्ब १० करोडभन्दा धेरै यात्रा हुने अनुमान अधिकारीहरूको छ । यो गत वर्षको भन्दा दोब्बर भए पनि कोभिड शुरु हुनुअघि सन् २०१९ को तुलनामा भने ७० प्रतिशत मात्रै हो । एजेन्सी

सम्बन्धित सामग्री

मोदीले किन दिए पूर्वराजालाई चेतावनी ?

काठमाडौं, १२ फागुन। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन्। शुक्रवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले चेतावनी दिएका हुन्। ‘अहिले के चर्चा छ भने यसो एक, दुई हजार मान्छे जम्मा हुँदैमा पूर्वराजा फेरि पनि म हुँ भन्ने किसिमको सोचिराखेको छ,’ उनले भने।

शीतलहरको चेतावनी

बेइजिङमा सोमबार साँझदेखि बुधबारसम्म चिसो अत्यधिक बढ्ने महानगरीय मौसम महाशाखाले चेतावनी दिएको छ । उक्त अवधिमा शीतलहर चल्ने र तापक्रम १६ डिग्री सेल्सियससम्म घट्ने विभागले जनाएको छ । शीतलहर (चिसो सिरेठो) चल्ने...

अमेरिकाद्वारा चीनलाई चेतावनी

एजेन्सी, १ चैत्र । रुसलाई सहयोग गरेको भन्दै अमेरिकाले चीनलाई चेतावनी दिएको छ । चीनले रुसलाई विभिन्न माध्यमले सहयोग गरेको भन्दै अमेरिकाले चेतावनी दिएको हो । सोमबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पिसाकीले चीनले रुसलाई विभिन्न प्रकारको सहयोग दिइरहेको भन्दै गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका हुन् । उनले आफ्ना मित्रशक्तिसँग मिलेर प्रतिवद्ध भई पछिल्लो […]

मेलम्ची आयोजना बन्द गराउने चेतावनी

मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले आयोजना नै बन्द गराउने चेतावनी दिएको छ । चैत एक गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द बराउन बाध्य हुने चेतावनी दिएको हो । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले विभिन्न छ वटा माग उल्लेख गर्दै समितिले चैत एक गतेसम्म पूरा गराउन चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक उपे

काम नभए ठेक्का तोड्ने चेतावनी

पटकपटक म्याद थप गर्दा समेत काम नभएपछि प्राधिकरणले आपत्ति जनाउँदै म्याद नथप्ने चेतावनी दिएको हो। पछिल्लो तोकिएको समयमा काम नभए कारबाहीमा जानुपर्ने चेतावनी प्राधिकरणको छ।...

सभामुखलाई एमालेको चेतावनी

नेकपा एमाले लुम्बिनी संसदीय दलले सभामुखलाई आफ्नो मर्यादाभित्रै बस्न चेतावनी दिएको छ। एमालेले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी सभामुख पद अनुकुलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम नगरेको ठहर गर्दै मर्यादामा नबसेमा पदमा नबस्न चेतावनी दिएको हो।

ओलीको देउवालाई चेतावनी

काठमाडौं, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टी फुटाउन खोजेको भन्दै कडा चेतावनी दिएका छन् । उनले आज नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठकमा बोल्दै देउवालाई ठूलो मूल्य चुकाउन तयार हुन चेतावनी दिए । नेकपा एमाले टुक्राउने चाँजोपाँजो भएको छ, ओलीले चेतावनी दिदै देउवातर्फ संकेत गर्दै भने, ‘एमाले […]

प्रधानमन्त्रीले दिए कोरोनाको तेस्रो लहरको चेतावनी !

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । कोरोना नियन्त्रणका लागि खोप नै मुख्य अस्त्र भएको उल्लेख गर्दै देउवाले यस्तो चेतावनी दिएका हुन् ।