सुदूरपश्चिममा सांसदलाई बजेट बाँड्ने तयारी

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा सांसदहरूलाई घुमाउरो बाटोबाट रकम छुट्याउन लागेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई दुई करोड बराबरका योजनाको सिफारिस माग गरेको छ । गत असार १ मा बजेट ल्याएका अन्य प्रदेशले पनि यही शैलीमा सांसदहरूका योजनालाई बजेट विनियोजन गरेका थिए ।

सम्बन्धित सामग्री

बागमतीका सांसदलाई ३ करोडका योजना दिने तयारी : RajdhaniDaily.com

RajdhaniDaily.com | मकवानपुर । चालु आर्थिक वर्षमा सत्तापक्षले प्रतिपक्षका सांसदलाई बजेट नदिएको निहुमा झण्डै ९ महिना संसद नै अवरुद्ध भयो । सत्तासमिकरण फेरियो, तत्कालिन प्रमुख -

बागमतीका सांसदलाई पनि बजेट : प्रत्यक्षबाट जितेकालाई तीन, समानुपातिकलाई एक कराेड

मकवानपुर । संघीय सरकारको सिको गर्दै बागमती प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा सांसदलाई बजेट दिने तयारी गरेको छ।  सुरू-सुरूमा "सांसद विकास कोष" नामबाट बजेट दिँदै आएको थियो । त्यसको आलोचना बढेपछि गत आवबाट यो बजेट काटिएको थियो । त्यसभन्दा एक वर्षअघि "निर्वाचन क्षेत्र पूर्वाधार विकास...

निर्वाचनको मुखमा प्रदेश सांसदलाई बजेट

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मुखैमा गण्डकी र प्रदेश १ सरकारले सांसदमार्फत बजेट खर्चन लागेका छन् । कार्यकाल सकिन लागेका बेला अघिल्ला वर्षजस्तै ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ मार्फत बजेट दिन लागिएको हो । प्रदेश १ मा कार्यविधि बनाएर सांसदलाई योजना छनोट गर्न लगाइएको छ भने गण्डकीमा योजना बाँड्ने तयारी छ ।

तयारी र बजेटबिनै सडक शिलान्यास

आवश्यक बजेट ५७ अर्ब, विनियोजित ३.३० अर्बसडक १६५, तयारी १२ को मात्रसंघीयताको मर्मविपरीत भएको विज्ञको आरोपघुमाउरो तरिकाले सांसदलाई बजेट शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले १६५ निर्वाचन क्षेत्रका रणनीति सडक एकै पटक बालुवाटरबाट शिलान्यास गरे ।आगामी ३ वर्षभित्र २२ सय १० किलोमिटर कालोपत्रे सडक निर्माण गर्न गरी उनले एकैपटक शिलान्यास गरेका हुन् । तर ती सडकका […]