चिकित्सा शिक्षा सुधारका अभियानकर्मी डा. गोविन्द केसीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे खबरदारी पत्र लेख्दै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गराउन माग गरेका छन् । बृहत् नागरिक आन्दोलनको भेलामा उनले खबरदारी पत्र पढेर सुनाएका थिए ।