काठमाडौं, २९ माघ । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले संविधानको रक्षाका लागि राष्ट्रपतिमा कांग्रेसको विकल्पमा अरु खोज्न नसकिने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेसको विकल्पमा अरु कोही हुन नसक्ने कुरा सबै राजनीतिक दलले बुझ्नुपर्ने बताएका हुन् […]
२ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सांसद कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् । बागमती प्रदेशको संसदीय दलको वैठकले उनलाई मुख्य सचेतक चयन गरेको हो। प्रदेशसभा तर्फ दोलखा (ख) बाट निर्वाचित सांसद काफ्ले पार्टीमा नेता कृष्णप्रसाद सिटौला निकट हुन्। संसदीय दलको चुनावमा उनी बहादुर सिंह लामाको प्रस्तावक बनेका थिए ।
काठमाडौं, मंसिर १९। दोलखाको प्रदेश सभा १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन्। आइतबार साँझ कांग्रेसका उम्मेदवार काफ्ले २२ हजार ७ सय ९७ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार नरबहादुर श्रेष्ठले १४ हजार ७ सय ५५ मत प्राप्त गरेर गरेर पराजित भए। दोलखाको प्रदेश सभा २ […]
दोलखा प्रदेश १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन् । काफ्ले आइतबार निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गरी विजयी भएका हुन् । काफ्लेले २२ हजार ७९७ मत प्राप्त गरेका छन् भने श्रेष्ठले १४ हजार ७५५ मत प्राप्त गरेका छन् । काफ्लेले निकटतम प्रतिद्वन्द्वी श्रेष्ठलाई ८ हजार ४२ मतान्तरले पराजित गरेका छन् ।दोलखाको प्रदेशसभा २ मा यसअघि एमालेका भरतबहादुर केसी विजयी भैसकेका छन् । जिल्लामा प्रतिनिधिसभातर्फको मतगणना भने अहिले जारी छ । जहाँ गठबन्धनका तर्फबाट माओवादी
नेविसंघका अध्यक्ष राजीव ढुंगाना कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न खुला केन्द्रीय सदस्यको मतगणनाअनुसार उनी १८९६ मतका साथ विजयी भएका हुन् । उनीसँगै नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्ले पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।