रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक गरेको छ । मंगलबार आयोजित एक समारोहका बीच ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले जानकारी दिए । बीमा योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् । साथै सीमित समयका […]

सम्बन्धित सामग्री

रिलायन्स लाइफ इन्स्योरेन्स र सञ्चो हस्पिटलबीच सम्झौता

काठमाडौं  । रिलायन्स लाइफ इन्स्योरेन्स र हेटौंडामा रहेको सञ्चो हस्पिटलबीच सम्झौता गरिएको छ । सेवाग्राहीको स्वास्थ्य बीमाका लागि दुईपक्षीय सम्झौता गरिएको हो । सम्झौताअनुसार उक्त इन्स्योरेन्स कम्पनीका ग्राहक तथा बीमितले हस्पिटलको प्रयोगशाला, एक्सरे, ईसीजी, ईसीएचओ लगायत सेवामा विशेष छूट पाउनेछन् । सम्झौता कार्यक्रममा कम्पनीका अन्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सूर्य गिरी र हस्पिटलका म्यानेजर अशोक कायस्थको उपस्थिति थियो । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले १२४ शाखामार्फत मुलुकभर जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सहकार्य

रिलायन्स लाइफ इन्स्योरेन्स र बाँकेको जानकी गाउँपालिकाबीच बालजीवन बीमा योजनाको लागि सम्झौता भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बार्षिक रु ५,००० बीमा शूल्क बराबर हुन आउने बीमाङ्क रकम बरावरको २० बर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजना लागू हुनेछ । बीमा सम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलीले हस्ताक्षर गरे । &n

बीमा कम्पनी सचेत भएको भए टर्न सक्थ्यो त्यो जघन्य हत्या

१७ साउन, काठमाडौं । १३ साउन २०७८ मा बीमा समितिका अध्यक्ष सूर्य सिलवाल  काठमाडौंस्थित पाँच तारे होटल मेरियटको एक सार्वजनिक समारोहमा पुगे । कार्यक्रम थियो–रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ वैशाख २०७८ मा मृत्यु भएका २१ वर्षीय बिमित सर्जन विकको परिवारलाई दुई करोड ५० लाख रुपैयाँ हस्तान्तरण गर्ने । कार्यक्रममा सर्जनकी श्रीमतीका रुपमा खडा भइन्, सपना […]

रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा राकेश पोखरेल नियुक्त

माघ १३, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेललाई नियुक्त गरेको छ ।  गत पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा पोखरेललाई नियुक्ती गर्न छनोट गरेकोमा बीमा समितिबाट माघ ७ गते स्वीकृति पाएकाले आज (बिहीवार) देखि लागू हुने गरी नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्सको नगद लाभांश बीमा समितिबाट स्वीकृत

मंसिर १९, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको नगद लाभांश बीमा समितिले स्वीकृत गरेको छ । गत असोज १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीलाई प्रतिकित्ता शेयर ५ दशमलव २६ रुपैयाँ (करसहित) वितरण गर्ने घोषणा गरेको थियो । उक्त प्रस्ताव स्वीकृतिका लागि बीमा समितिमा पेश गरेकोमा मंसिर १६ गते नै समितिबाट स्वीकृत भइसकेको कम्पनीले बताएको छ । कम्पनीले पुस ११ गते अनमोल ब्याकेंट शंखमुल, काठमाडौंमा बिहान ११ बजेका लागि चौथो वार्षिक साधारण सभा बोलाएको छ  । अव सो सभाले प्रस्तावित लाभांश पारित गरेपछि शेयर धनीले पाउने छन् ।

रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना सार्वजनिक

रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बीमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ । उक्त व्यवस्थाले बीमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरण समेत प्रदान गर्दछ । यो योजना बिमितले १५ वा २० वर्षको अवधिका लागि  लिन सक्नेछन् । १५ वर्षको बीमा अवधिको समाप्तिमा बीमितलाई अग्रिम बार्

रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना सार्वजनिक

काठमाडौँ – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ। उक्त बीमा योजनाअन्तर्गत बिमितलाई प्रत्येक वर्ष बीमा लेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ प्रतिशत रकम भुक्तान गरिने रिलायन्सले जानकारी दिएको छ। उक्त व्यवस्थाले बिमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरणसमेत प्रदान कम्पनीको दावी छ। […]

रिलायन्स लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो ५.२६  % नगद लाभांश दिने प्रस्ताव

असोज १९, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७६/ ७७ को सञ्चित मुनाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ५ प्रतिशत नगद लाभांश र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृती भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स लाइफ इन्स्योरेन्स Reliance Life Insurance ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको  नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो । जस मध्ये ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख नगद लाभांश र ०.२६३२ प्रतिशतले हुन आउने ५५ लाख २७ हजार २ सय कर प्रयोजनको लागि रहेको कम्पनीले जनाएको छ  । कम्पनीको उक्त  प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब १० करोड रहेको छ ।

रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी

काठमाडौँ– रिलायन्स लाइफ इन्स्योरेन्स लि.ले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ। कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात् कम्पनीको नियमअनुरुप सो दावी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो। दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमन पौडेल, कम्पनीका संचालक समितिका अध्यक्ष तारा […]