तम्बाभिरमा मह सिकार

गङ्गाजमुना गाउँपालिका–२ र ३ को सिमानामा रहेकोे ताप्राङ खोलामा रहेको निकै कहालीलाग्दो तम्बाभिर । भिरका बिचमा सुन्दर माहुरीका २९ वटा चाका । दुई दिनदेखिको तयारीपछि भिरमा टाँगिएका डोरीको भ-याङ । मौरीको गोला रहेको मुन्तिर हरियो स्याउला बालेर धुवाँ पुत्पुताइन्छ । मौरीलाई वनमा डढेलो लागेको जस्तो देखाएर ध्यान भङ्ग गर्न र मान्छेलाई नटोकोस् भनेर त्यसो गरिन्छ । धुवाँ पुत्पुताएपछि मौरीले गोला छोड्दै जान्छ ।

सम्बन्धित सामग्री

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार । सिकारीहरु पहिले पितृ र प्रकृतिलाई पुकार्छन् ।

खस्रेभिरमा मह सिकार

गोरखाको अजिरकोट–२, ओलाङगाउँस्थित करिब आठ सय मिटर उचाइमा रहेको डरलाग्दो खसे्रभिरमा डोरीको सहायताले भिरमौरीको मह सिकार ‘हनी हन्टिङ’ गरिएको छ । अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले बिहीबार ओलाङवासीमध्ये भिरमा डोरीको सहायताबाट मह झिक्न सक्ने ११ जना दक्ष अनुभवी व्यक्तिको सहायताले मह सिकार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले भिरमौरीको मह उत्पादन गर्ने सही समय भएकाले झन्डै छ पाथीभन्दा बढी मह सङ्कलन गरिएको छ । जटिल भिरमा जाँदा पनि जम्मा पाँच वटा गोलाको मात्र मह सङ्कलन भएको छ । अझै केही गोलाको महको सिकार नगरिएको उहाँले बताउनुभयो ।

म्याग्दीमा मह सिकार सुरु

म्याग्दी– जिल्लाका भीर पहरामा मह सिकार सुरु भएको छ । अन्नपूर्ण, रघुगङ्गा र धवलागिरि गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । अन्नपूर्ण गाउँपालिका–७ टिकोटका मह सिकारी दीपक पुनले मह सिकारका लागि दोसल्ले भीर आएको बताएका छन् ।  ‘बेँसीका भिरबाट सुरु हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुग्छौँ’ उनले भने, ‘सातजनाको समूह मह सिकारका […]

पर्यटक लोभ्याउँदै महसिकारी

मह सिकार यात्रा साहसिक मानिन्छ । यस यात्राका क्रममा सिकारीहरूले ज्यानकै जोखिम मोल्छन् ।  पर्यटकहरूले पनि प्राकृतिक दृश्यावलोकन र साहसिक पदयात्राको मज्जा लिन पाउँछन् । लमजुङका विकट पहाडहरूमा परापूर्वकालदेखि नै स्थानीय गुरुङ समुदायले...

भीरमौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित – देशसञ्चार

खोटाङ – केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भीरमौरीको मह सिकार गर्न थालेकोे ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला

भिर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित

खोटाङ, केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भिरमौरीको मह सिकार गर्न थालेकोे ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्नुहुने उहाँलाई सुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निवासी ६२ वर्षीय हस्तराम राईले साथ दिइरहनुभएको छ । नाताले मामभाञ्जा (हस्तराम मामा र तीर्थमनी भाञ्जा)ले पर्‍याङ (मालिङ्गोको चोया प्रयोग गरेर बनाइएको भर्‍याङ)बाट अक्करे भिर टेक्ने …

सिउरुङ महोत्सवमा पाहुनाले लिए ‘हनी हन्टिङ’को मज्जा

पर्यटन प्रवद्र्धनका लागि आयोजित १२औँ सिउरुङ महोत्सवका अवसरमा साहसिक मह सिकार (हनी हन्टिङ) गरिएको छ । गुरुङ समुदायको परम्परासँग जोडिएको मह सिकारलाई पर्यटक आकर्षण गर्ने माध्यमको रूपमा प्रवद्र्धन गर्न महोत्सवको अवसरमा...

‘हनी हन्टिङ’ हेर्न दक्षिण अफ्रिकाबाट नेपाल आएका दुई साथी

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकमा यस वर्ष २७ र २८ मंसिरमा मह सिकार भएको थियो । त्यही हेर्न यी दुई साथी दक्षिण अफ्रिकाबाट २२ मंसिर (११ डिसेम्बर)मा नेपाल आएका थिए ।

मह सिकार गरेको हेर्न राजेश हमालसहितका कलाकार भुजुङ गाउँमा

‘भीरमौरीलाई भीरकै पिर घरमौरीलाई घरकै पिर यो मौरीको मन बस्यो, भन कोतिर ?’ बिहीबार बिहान लमजुङ जाँदै गर्दा अभिनेता राजेश हमालले आफ्नो हिट फिल्म ‘अल्लारे’को गीत गुन्गुनाए । उनले यो गीत गाउनुको पछाडि मौरी र मह सिकारको सन्दर्भ जोडिएको छ । मह सिकारको दृश्यावलोकन गर्न हमालसहितका कलाकारहरु विपिन कार्की, वर्षा सिवाकोटी, सिते बा, सुनिल पोखरेल, […]

ज्यानकै जोखिम मोलेर भीरको मह

म्याग्दी : आङै जिरिंग हुने विशाल भीरमा बाबियाको डोरीमा झुन्डिएर भीर मौरीको मह काड्ने म्याग्दीका मह शिकारीहरु  वर्षौंदेखि जोखिम मोलेर मह निकाल्न बाध्य छन्।प्रविधिको अभावमा पुख्यौली सीप र साधनको माध्यमबाट अहिलेसम्म पनि यहाँका मह शिकारीहरुले भीर मह काड्दै आएका हुन्।अग्ला पहाडमा भिर माहुरीले बनाएको चाकामा उत्पादन भएको महलाई डोरीको सहायताले झुण्डिएर काड्ने पेशा नै मह सिकार हो। म्याग्दीको माथिल्लो भेगका मह शिकारीहरु बर्षको दुई पटक भीर माहुरीको मह शिकार गर्न व्‍यस्त हुन्छन्। परम्परागत पेशाकै र