काठमाण्डाै – शेयर बजार कारोबार मापक नेप्से आज सोमवार भने एक सय ६१ भन्दा धेरै अङ्कले बढेको छ ।
नेप्से आज एक सय ६१ दशमलव ९४ अङ्कले बढेर दुई हजार नौ सय ८० दशमलव ७८ विन्दुमा पुगेको छ । आज नेप्से पाँच दशमलव ९४ प्रतिशतले बढ्यो । हिजो आइतवार शेयर बजार एक सय आठ अङ्कले घट्दा दुई सय नौ वटा कम्पनीको शेयर राताम्मे भएको थियो ।
आज सबै समूहको शेयर बढेकोमा ४२ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज बैंकिङ समूहको शेयर ७८ अङ्कले, व्यापारको एक सय ३३ अङ्कले, विकास बैंकको पाँच सय तीन अङ्कले र निर्जीवन बीमा समूहको शेयर...