साताको पहिलो कारोबार दिन नेप्से सूचकमा एकल अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन सूचक ६.६८ अंकले बढ्दै १९७७.३० अंकमा उक्लिएको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.५७ अंकले बढ्दै ३८३.७७ अंकमा उक्लिएको छ । तर, समग्रमा ६ अंकले बढेको बजारमा आज जम्मा एक अर्ब ७ करोड १६ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । आज होटल तथा पर्यटन, म्यानु एण्ड प्रो, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक बाँकी ९ वटा उपसूचक धनात्मक भएका छन् । रुरु जलविद्युत कम