बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक)का महासचिव तेन्जिङ लेकफेल तीनदेखि नेपाल भ्रमणमा छन् ।उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरे । उनले परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर बिमिस्टेकलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरे । सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा उनको भ्रमण केन्द्रित देखिन्छ ।दक्षिण