माछापुच्छ्रे बैंकले फेरि तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, वार्षिक ब्याज दर साढे ८ प्रतिशत

काठमाडौं। माछापुच्छ्रे बैंकले फेरि ऋणपत्र जारी गर्ने भएको छ। बैंकले असार ३१ गतेबाट साउन ४ गतेसम्म ऋणपत्र जारी गर्न लागेको

सम्बन्धित सामग्री

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा वार्षिक १०.३० प्रतिशत ब्याजदरको ऋणपत्र जारी

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्नका लागि बैंकले सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृती प्राप्त गरिसकेको छ । यो ऋणपत्रको प्रति इकाई मूल्य एक हजार रहने छ र ऋण पत्रको अवधि ५ वर्ष […]

एसबीआई बैंकको ऋणपत्र बिक्री खुला

नेपाल एसबीआई  बैंकले बैंकले आज बुधबारबाट ऋणपत्र बिक्री खुला गर्दैछ । यसले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको हो ।  बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये १८ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको छ ।यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन परेको छैन । एसबीआईले ५ वर्ष अवधिको ‘नेपाल एसबीआई बैंक ऋणपत्र, २०८३’ जारी गरेको हो । यसमा वार्षिक १०.२५ प्रतिशत व्या

नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १०.५० प्रतिशत

काठमाडौं । नेपाल बैंक लिमिटेडले पाँच वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँको ‘नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । ब्याज दर वार्षिक १०.५० प्रतिशत रहने ऋणपत्र पाँच वर्षको अवधिको हुने बैंकले जनाएको छ । ऋणपत्र जारी गर्नका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यो ऋणपत्र अंकित मूल्य प्रतिकित्ता […]

नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १०.५० प्रतिशत

काठमाडौं । नेपाल बैंक लिमिटेडले पाँच वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँको ‘नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । ब्याज दर वार्षिक १०.५० प्रतिशत रहने ऋणपत्र पाँच वर्षको अवधिको हुने बैंकले जनाएको छ । ऋणपत्र जारी गर्नका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यो ऋणपत्र अंकित मूल्य […] The post नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १०.५० प्रतिशत appeared first on राजधानी राष्ट्रिय दैनिक.

अब लघुवित्तले पनि ऋणपत्र जारी गर्न पाउने

लघुवित्त कम्पनीहरुले पनि ऋणपत्र जारी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आज लघुवित्त कम्पनीहरुको लागि एकिकृत निर्देशन जारी गर्दै थोक कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाले सहायक आवधिक ऋणपत्र (Subordinated Term Debt) जारी गर्न सक्ने ब्यबस्था गरेको हो।जस अनुसार सञ्चित नोक्सानी बाँकी नरहेका थोक कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाले यससम्बन्धी अन्य व्यवस्थाका अतिरिक्त निम्न शर्तहरुको अधीनमा रही आफ्नो चुक्ता पुँजीको बढीमा २५ प्रतिशत ले हुने रकमसम्म सहायक आवधिक ऋणपत्र  जारी गर्न स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गर्न सक्नेछन् । (१) ऋणपत्र कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्ने,(२) ऋणपत्रको अवधि तोकेको हुनुपर्ने,(३) ऋणपत्रमा प्रदान गरिने वार्षिक ब्याजदर र ब्याज भुक्तानी गर्ने अवधि तोकिएको हुनुपर्ने,(४) ऋणपत्रको ब्याजदर परिवर्तन गर्न नपाइने र आर्जित ब्याज रकममा आयकर ऐन, २०५८ बमोजिम आयकर लाग्ने व्यवस्था गर्नुपर्ने,(५) इजाजतपत्रप्राप्त संस्था विघटन भएको अवस्थामा ऋणपत्रको भुक्तानी निक्षेपकर्ता र अन्य ऋण भन्दा पछि मात्र हुने,(६) ऋणपत्र जारी भएको मितिले ६ महिनाभित्रमा नेपाल धितोपत्र विनिमय बजारमा सूचीकृत गर्नुपर्ने,(७) ऋणपत्र निष्काशन गर्नु अघि तयार गरिने विवरणपत्र राष्ट्र बैंकको सहमति लिएर मात्र प्रकाशित गर्नुपर्ने,(८) ऋणपत्रको रकम भुक्तानी गर्न सिर्जना गरिने पुँजी फिर्ता जगेडा कोष (Capital Redemption Reserve)मा भुक्तानी अवधिभर प्रत्येक वर्ष वार्षिक मुनाफाबाट समानुपातिक (Proportionate) आधारमा रकम छुट्याउनु पर्ने । तर,  ऋणपत्र निष्काशन गरिएको आर्थिक वर्ष र भुक्तानी हुने आर्थिक वर्ष त्यस्तो भुक्तानी कोष(Redemption Reserve)  मा कुनै रकम विनियोजन नगर्न यस व्यवस्थाले बाधा पर्ने छैन ।(९) Private placement को आधारमा बिक्री गरिने ऋणपत्रको सम्बन्धमा कुनै संघ÷संस्थासँग अग्रिम कुनै सम्झौता भएको भए सो सम्झौताको प्रतिलिपि पेश गर्नुपर्ने,(१०) यदि कुनै पक्षले सो पक्षलाई छुट्याइएको ऋणपत्र खरिद  नगरेमा सो अर्काे पक्षलाई बिक्री गर्ने व्यवस्था गर्नुपर्ने,(११) ऋणपत्रमा आर्जित ब्याज लगानीकर्ताहरुलाई भुक्तानी गर्ने विषयमा विवरणपत्रको “ब्याज भुक्तानी गर्ने समय (Interest Payment Timing)  शीर्षक अन्तर्गत स्पष्ट उल्लेख गर्नुपर्ने१२) ऋणपत्र परिपक्व भई भुक्तानी गरेपछि यस बुँदाको उपबुँदा  नं ८ बमोजिम कायम गरेको भुक्तानी समायोजन कोष (Capital Redemption Reserve)मा बाँकी रहेको रकमलाई पुँजीकोष समायोजन कोषमा रकमान्तर गर्नुपर्ने । पुँजी समायोजन कोषमा जम्मा भएको रकमबाट शेयरधनीलाई बोनस सेयर मात्र जारी गर्न सकिने । त्यस्तो निवेदन उपर आवश्यक अध्ययन पश्चात् उपयुक्त ठानेमा राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने स्वीकृति दिन सक्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ ।

एक अर्बको ऋणपत्र जारी गर्न गरिमा विकास बैंकलाई धितोपत्र बोर्डको अनुमति

काठमाडौँ– गरिमा विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो। बैंकले जारी गर्ने सात वर्ष अवधिको गरिमा डिबेञ्चर–२०८५ मा लगानी गर्ने लगानीकर्ताले वार्षिक आठ दशमलव ७५ […]

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८७ निष्कासन

माछापुच्छ्रे बैंकको एक हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र बिहीबारदेखि जारी गरेको छ ।वार्षिक ८.५० प्रतिशत ब्याजदरसहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको माछापुच्छ्रे ऋणपत्र २०८७ को कुल निष्काशित ३० लाख इकाईमध्ये १२ लाख कित्ता अर्थात कुल एक अर्ब २० करोड ऋण पुँजी […]

माछापुच्छ्रे बैंकले जारी गर्यो ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र

माछापुच्छ्रे बैंक लिमिटेडले बिहीबारदेखि सर्वसाधारणका लागि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । बैंकले वार्षिक ८.५० प्रतिशत आकर्षक ब्याजदरसहित १० वर्षका लागि एक हजार रुपैयाँ अंकितदरका ३० लाख इकाई ऋणपत्र ‘माछापुच्छ्रे ऋणपत्र २०८७’ जारी गरेको हो ।  नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको सो ऋणपत्रको कुल निष्काशित ३० लाख इकाई मध्ये १२ लाख कित्ता अर्थात १ अर्ब २० करोड ऋणपूजी रकम (५% अर्थात ६०,००० कित्ता सामुहिक लगानी कोषका लगानी कोषका लागि छुट्याईएको) सर्वसा

माछापुच्छ्रे बैंकले तीन अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं। माछापुच्छ्रे बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले असार ३१ गतेबाट साउन ४ गतेसम्म कुल ऋणपत्र निष्काशन गर्न लागेको हो। प्रत्येक ६/६ महिनामा परिवर्तन हुने ऋणपत्रको वार्षिक ब्याजदर साढे ८ प्रतिशत रहेको बैंकले बताएको छ। बैंकले यसअघि २०८५ सालमा परिपक्व हुने ऋणपत्र जारी गरेको थियो। तीन लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई दिइने छ।

सनराइज बैंकले ३ अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौं : सनराइज बैंकले व्यापार विस्तारका लागि थप ३ अर्बको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुककै पूजी बजारको विस्तारका लागि बुधबारबाट सो रकम बराबरको ऋणपत्र निश्कासन गर्ने जानकारी गराएको हो। वार्षिक १० दशमलब २५ प्रतिशत ब्याजदरमा सो ऋणपत्र जारी हुँदैछ। निरन्तर उच्च प्रतिफल लिइरहने...