माछापुच्छ्रे बैंकले जारी गर्यो ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र

माछापुच्छ्रे बैंक लिमिटेडले बिहीबारदेखि सर्वसाधारणका लागि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । बैंकले वार्षिक ८.५० प्रतिशत आकर्षक ब्याजदरसहित १० वर्षका लागि एक हजार रुपैयाँ अंकितदरका ३० लाख इकाई ऋणपत्र ‘माछापुच्छ्रे ऋणपत्र २०८७’ जारी गरेको हो ।  नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको सो ऋणपत्रको कुल निष्काशित ३० लाख इकाई मध्ये १२ लाख कित्ता अर्थात १ अर्ब २० करोड ऋणपूजी रकम (५% अर्थात ६०,००० कित्ता सामुहिक लगानी कोषका लगानी कोषका लागि छुट्याईएको) सर्वसा