काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाले लाभांश वितरण प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेका छन् ।
योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले आर्थिक वर्ष २०७९/८०का लागि एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको लाभांश वितरण प्रयोजनको लागि कात्तिक २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यस बुक क्लोजको आधारमा कात्तिक २१ गतेसम्म कायम कायम इकाईधनीहरूले यी दुवै योजनाको लाभांश पाउन योग्य हुनेछन् । क्यापिटलले करसहित एनआईसी एशिया ग्रोथ फण्डका इकाइधनीहरूलाई १० दशमलव ५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाइधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
ती दुवै योजनाका इकाइधनीहरूलाई क्रमशः ८ करोड ७६ लाख ९६ हजार रुपैयाँ र ७ करोड ५५ लाख रुपैयाँ नगद प्रतिफल वितरण गरिने क्यापिटलले जनाएको छ ।