राष्ट्रसंघ सुरक्षा परिषद बैठक : युक्रेनमा रूसी आक्रमणको निन्दा गर्ने प्रस्ताव विफल

युक्रेनविरुद्ध रुसको ‘आक्रमण’ लाई ‘अत्यन्तै कडा शब्दमा’ विरोध गर्दै रूसी फौज तुरुन्त फिर्ता लिन माग गरिएको सङ्कल्प प्रस्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबाट पारित हुन सकेन । शुक्रबारको रुसको आक्रमणको विरोध गरिएको उक्त प्रस्तावलाई रूसले भिटो लगाएका कारण विफल भएको हो । रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११ देशले मतदान गरेका थिए । प्रस्ताव पारित हुनका लागि ९ देशको मत परेको भए हुनेथियो । तर रुसले भिटो प्रयोग गर