युक्रेन संकटमाथि राष्ट्रसंघीय सुरक्षा परिषद बैठक : रुसी र अमेरिकी कूटनीतिज्ञबीच आक्रोशपूर्ण भनाभन

न्यूयोर्क । युक्रेन संकटबारे छलफल गर्न बोलाइएको राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोपप्रत्यारोप भएको छ । बीबीसीका अनुसार राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई दशकपछि युरोपले देखेको सबैभन्दा ठूलो सैन्य परिचालन भएको बताइन्। उनका रुसी समकक्षीले अमेरिकाले उन्माद फैलाएको र रुसी मामिलामा अस्वीकार्य हस्तक्षेप गरेको आरोप […]