गोरखा – नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आउँदाे प्रतिनिधि सभा चुनावमा गोरखा क्षेत्र नम्बर २ बाटै उम्मेदवार बन्ने बताउनुभएको छ । गृह जिल्ला गोरखामा शनिवार पत्रकारसँगको कुराकानीमा उहाँले यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएकाले आफ्नो दाबटी स्वाभाविक रहेको बताउनुभएको हो ।
गठबन्धन दलमा पनि यसअघिको चुनावमा जितेको ठाउँ त्यही पार्टीलाई दिने मोटामोटी सहमति भइसकेको भट्टराईको भनाइ छ । गठबन्धन दलमात्रै नभइ गोरखा–२ मा आफू सबै पार्टीको साझा उम्मेदवार बन्ने प्रयासमा रहेको पनि उहाँले बताउनुभयो ।...