फागुन १०, काठमाडौं । प्रहरीले २२ लाख रुपैयाँ जरिवाना ठहर गरेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगो बमोजिम २२ लाख रुपैयाँ जरिवना ठहर गरेपछि फरार रहेका नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–८ थानापतीका ४३ वर्षीय रामप्रसाद पाण्डेलाई सोमवारपक्राउ गरेको हो ।
प्रहरीले अभियुक्तले आफ्नो एनआईसी बैंक लिमिटेड मनमैजु शाखाको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर बैंकिङ कसूर गरेकाले अभियुक्तलाई काठमाडौंको नपालटारबाट पक्राउ गरिएको जानकारी दिएको छ ।
पक्राउ परेका अभियुक्तलाई फैसला कार्यान्वयनको लागि मंगलवार जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरीले बताएको छ ।