पर्यटक भित्र्याउने तयारीमा बन्दीपुरवासी

नेपाल भ्रमण वर्ष २०११ लाई ध्यानमा राखेर  बन्दीपुरमा पर्यटन व्यवसायीहरूले आफ्नै पहल र प्रयासमा तयारी थालेका छन् । सो वर्ष आउन सक्ने सम्भावित पर्यटकहरूको भार थेग्न नसकिने अनुमानका साथ त्यहाँका कतिपय होटल तथा रेष्टुराँको क्षमता वृद्धि गरिएको छ भने नयाँ होटल खुल्ने क्रम पनि बढेको छ । अहिले त्यहाँ ४ नयाँ रेष्टुराँ खुल्ने क्रममा रहेको बताइएको छ । बन्दीपुरस्थित वल्र्ड इनका प्रबन्धक रामशरणले सम्भावित पर्यटकको चापलाई ध्यानमा राखेर  होटलको क्षमता बढाइएको बताए । उनले होटलनजिकैको नयाँ भवन खरीद गरी कोठाहरू थपिएको पनि जानकारी दिए । यसैगरी बन्दीपुरका धेरै रेष्टुराँले पनि आफ्नो क्षमता वृद्धि गरेको बुझिएको छ । अहिले बन्दीपुरमा बाह्य र आन्तरिक गरी दैनिक २ सयको हाराहारीमा पर्यटकहरू आउने गरेका छन् । पहाडकी रानी नामले चिनिने बन्दीपुरलाई सुन्दर हिमशृंखलाहरू र सूर्यास्तको अनुपम दृश्यावलोकन तथा स्थानीय नेवारी कला संस्कृतिसँग रम्ने पर्यटकहरूले रोज्ने गरेका छन् । पर्यटकहरूको यही आकर्षणलाई ध्यानमा राखी अहिले बन्दीपुर वरपर नयाँ गन्तव्यहरूको खोजी भइरहेको र पर्यटकलाई घरघरमा राख्ने (होमस्टे) नयाँ योजना पनि ल्याइएको छ ।    वर्ष ६, अंक ३८, शुक्रवार, ५ कात्तिक, २०६७

सम्बन्धित सामग्री

चैते धान भित्र्याउने तयारीमा किसान

यस वर्ष चैते धान पाक्न थालेको छ । जिल्लाका विभिन्न फाँटहरुमा लगाइएका चैते धान भित्र्याउने तयारीमा किसानहरु जुटेका छन् । चैते धान यस वर्ष राम्रो फलेकाले किसानहरु उत्साहित छन् ।

पोग्बा र डि मारिया भित्र्याएर बलियो टिम बनाउने युभेन्टसको तयारी

२० असार, काठमाडौं । इटालियन सिरी एको च्याम्पियन बन्ने लक्ष्यसहित युभेन्ट्सले टिम पुनर्निर्माण गरिरहेको छ । युभेन्ट अहिले दुई ठूला नाम भित्र्याउने तयारीमा छ । यी दुई खेलाडीले क्लबलाई फेरि उत्कृष्ट बनाउन सक्छन् । तीन हुन् पउल पोग्बा र एन्जल डि मारिया । टुरिनमा पाउल पोग्बा र एन्जेल डि मारियाको आगमन नजिकै रहेको देखिन्छ । […]

डी जोङलाई भित्र्याउने तयारीमा म्यानचेष्टर युनाइडेट

इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड स्पेनिस ला लिगा क्लब बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङ अनुबन्ध गर्ने तयारी गरेको छ । जसका लागि क्लब ६५ मिलियन युरो तिर्न समेत तयार रहेको छ । यद्यपि केही कामले भने पूर्णता पाएको छैन । तर, स्थानान्तरणका लागि युनाइटेड बोर्ड सकारात्मक देखिएको छ । २५ वर्षीय नेदरल्यान्डका खेलाडीलाई नयाँ म्यानेजर एरिक टेन हाङले सुरुवातबाटै आफ्नो रणनीतिमा राखेको थिए । सन् २०१९ मा डी जोङ डच क्लब अजाक्सबाट बार्सिलोना भित्रिएका थिए । बार्सिलोना रहँदा उनले ९८ खेलमा ८ गोल गरेक

फ्रेन्की डी जोङ भित्र्याउने तयारीमा म्यानचेष्टर युनाइडेट

काठमाडौं, १५ असार । इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडले स्पेनिस ला लिगा क्लब बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङ अनुबन्ध गर्ने तयारी गरेको छ । जसका लागि क्लब ६५ मिलियन युरो तिर्न समेत तयार रहेको छ । यद्यपि केही कामले भने पूर्णता पाएको छैन । तर, स्थानान्तरणका लागि युनाइडेट बोर्ड सकारात्मक देखिएको छ । २५ वर्षीय नेदरल्यान्डका […]

हालान्डलाई भित्र्याउने तयारीमा सिटी

म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डबाट अर्लिङ हालान्डलाई अनुबन्ध गर्ने तयारी गरेको छ । स्रोतहरूलाई उद्धृत गर्दै स्पोर्ट्समेल २१ वर्षीय युवा खेलाडी इतिहाद आउने अपेक्षा गरिएको उल्लेख गरेको छ । दुई पक्षबीच व्यक्तिगत रुपमा छलफल भैसकेको र दुई क्लबबीच सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको बताइएको छ ।डर्टमन्डसँगको सम्झौतामा हालान्डको ६३ मिलियन पाउण्डको रिलीज क्लज छ । खेलाडीको एजेन्टको शुल्कका साथै साइन-अन बोनस आदि गरेर उनलाई अनुबन्ध गर्न कूल १०० मिलियन पाउण्ड लाग्ने सम्भावना छ।बार्सिलोना र पेरिस सेन्ट-

मध्यरातिदेखि खेतमै बसेका किसानको पीडा : धान जति खोलामा बग्यो

कैलालीको धनगढी उपमहानगरपालिका–१९ का रमेश चौधरी ३ विघा जमिनमा पाकेको धान बाली भित्र्याउने तयारीमा थिए । २ दिनभित्रै भित्र्याउने उनको तयारी थियो । तर आइतवार दिउँसोदेखि अविरल परिरहेको  वर्षासँगै आएको बाढीले उनको धान बाली बगाएको छ । यससँगै वर्षभरिलाई पुग्ने गरी  फलाएको धान भित्र्याउने उनको सपना चक्नाचुर भएको छ । खोलामा बग्न थालेको धान बटुल्न खेतमा पुगेका रमेशले भने, ‘अहिलेसम्म १० कट्ठाको धान मात्रै भित्र्याउन पाएका थियौं । ३ विघाको धान बग्यो । वर्षभरिलाई पुग्ने अन्न अब केही रहेन ।’ ...

वर्षाका कारण भित्र्याउने बेलाको धानबालीमा निकै ठूलो क्षति

काठमाडाैं । दुई दिनदेखि लगातार परेको वर्षाले भित्र्याउने बेला भएको धानबालीमा क्षेति पुर्याएको छ । धान काट्ने तयारी गर्दै गर्दा एक्कासी परेको पानीले धानबालीमा निकै ठूलो नोक्सानी पुर्‍याएको छ । धेरैजासो किसान दशैँ मानेर धान काट्ने तयारीमा थिए । केही किसानले धान काट्न सुरु पनि गरेका थिए । काटेको र पाकेको दुवै धानमा वर्षाले ठूलो नोक्सानी पुर्‍याएको छ ।

आलु भित्र्याउने तयारीमा बाफुखोलाका किसान

सल्यान । सल्यानको बाफुखोलाका किसान आलु खन्ने तयारीमा जुटेका छन् । बर्खे आलु उत्पादन हुने क्षेत्रका रूपमा परिचित जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ का किसान आलु भित्र्याउने तयारीमा लागेका हुन् । आलु खन्नका लागि तयार भइसकेको र असारको पहिलो हप्तादेखि भण्डारण शुरू हुने स्थानीय खकेन्द्र खत्रीले बताए । आलु निकासीका लागि दोभान बजारसम्म नै ट्रक आउने भएकाले निकासीमा कुनै समस्या नहुने भएपछि किसानहरू बजार भाउ पर्खिएर बसेको उनको भनाइ छ । अहिले बाफुखोलामा प्रतिकिलो ३० देखि ३२ रुपैयाँमा आलु विक्री भइरहेको छ । बाफुखोलाका किसानले आलुखेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । आलुखेती गरेर यहाँका प्रतिघरपरिवारले वार्षिक न्यूनतम ५० हजारदेखि ७ लाखसम्म वार्षिक आम्दानी गर्ने गरेका छन् । स्थानीय किसानको आम्दानीको प्रमुख स्रोत नै आलुखेती हो । खाद्यान्नबाली लगाउन छोडेर यहाँका किसानले आलुखेतीमा जोड दिएको अर्का स्थानीय वीरबहादुर वलीले बताए । ‘राम्रो उत्पादन हुन थालेपछि बाफुखोलामा आलुखेती गर्न थालिएको छ, यसलाई विस्तार गर्न एक दशक नै लाग्यो, अहिले आलुखेती नगर्ने बाफुखोलामा कोही छैनन्,’ उनले भने । बाफुखोलाका करीब ५ सय घरधुरीले व्यावसायिक रूपमा आलुखेती गर्दै आएका छन् । बागचौर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष दिपक वलीले यस वर्ष बाफुखोलामा करिब १५ करोड रुपैयाँ बराबरको आलु उत्पादन हुने आकलन गरिएको बताए । यस वर्ष यहाँ उत्पादित आलु निकासीमा समस्या नहुने उनको भनाइ छ । ‘कर्णाली प्रदेश सरकार र बागचौर नगरपालिकाको १ करोड २० लाख रुपैयाँ बजेटबाट खौलादेखि दोभानबजारसम्म सडकको स्तरोन्नति गरिएको छ, १० चक्के ट्रक नै बाफुखोलामा आउँछन्,’ उनले भने, ‘यस वर्ष आलु निकासी नभएर गाउँमै थन्किने अवस्था आउँदैन ।’ २०४८ सालदेखि बाफुखोलामा आलुखेती शुरू भएको कृषक बताउँछन् । जिल्लाका बाफुखोलासँगै शिवरथ, कोटवारा, ढाकाडाम लगायत क्षेत्रमा आलुखेती गरिन्छ । यहाँ उत्पादित आलु दाङ, नेपालगञ्ज, भैरहवा, बुटवल, पोखरा लगायत शहरमा जाने गर्दछ । जिल्लामा करीब १ हजार ७ सय हेक्टर क्षेत्रफलमा हिउँदे आलु र करीब ४ सय हेक्टर क्षेत्रफलमा बर्खे आलु लगाइन्छ ।

ह्यारी केनलाई भित्र्याउने तयारीमा सिटी, यी खेलाडी टोट्टेनह्यामलाई दिन तयार

इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी नयाँ स्ट्राइकरको खोजीमा छ । र, उसले टोट्टेनह्यामका ह्यारी केनमाथि आँखा लगाइरहेको छ ।  यता, केनले पनि उपाधिको खोजीका लागि आफु अन्यत्र क्लबमा जाने जानकारी टोट्टेनह्यामलाई गराइसकेका छन् । तर, कुन क्लबले उनलाई भित्र्याउँछ भन्ने तय छैन । किनकि चेल्सी र म्यानचेस्टर युनाइटेड पनि इङ्लिस कप्तानलाई भित्र्याउने दाउमा छन् । यी दुई क्लबलाई पछि पार्नका लागि सिटीले नयाँ अस्त्र प्रयोग गर्न खोज्दैछ । आफ्ना दुई खेलाडी टोट्टेनह्यामलाई दिएर केनलाई क्लबमा भ

चैते धान भित्र्याउने तयारीमा किसान

दाङका अधिकांश ठाउँमा किसानले रोपाइँको तयारी गरिरहँदा चैते धानखेती गरेका किसान भने धानबाली भित्र्याउने तयारीमा छन् । वर्षमा चैते र बर्खे गरी दुई बाली धानखेती गर्ने किसान अहिले चैते धान भित्र्याउने तयारीमा छन् ।