इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी नयाँ स्ट्राइकरको खोजीमा छ । र, उसले टोट्टेनह्यामका ह्यारी केनमाथि आँखा लगाइरहेको छ । यता, केनले पनि उपाधिको खोजीका लागि आफु अन्यत्र क्लबमा जाने जानकारी टोट्टेनह्यामलाई गराइसकेका छन् । तर, कुन क्लबले उनलाई भित्र्याउँछ भन्ने तय छैन । किनकि चेल्सी र म्यानचेस्टर युनाइटेड पनि इङ्लिस कप्तानलाई भित्र्याउने दाउमा छन् । यी दुई क्लबलाई पछि पार्नका लागि सिटीले नयाँ अस्त्र प्रयोग गर्न खोज्दैछ । आफ्ना दुई खेलाडी टोट्टेनह्यामलाई दिएर केनलाई क्लबमा भ