धादिङमा मलामी गएका तीन युवा बूढीगण्डकीले बगाएर बेपत्ता

काठमाडौं :  धादिङको मैदीमा नदीले बगाएर तीन जना युवा बेपत्ता भएका छन्।मंगलबार मलामी गएका ती युवा गर्मी भयो भनी बूढीगण्डकीमा नुहाउन पस्दा नदीले बगाएर बेपत्ता भएको धादिङ प्रहरीले जनाएको छ। चार जनालाई बगाएकोमा एक जना नदी बाहिर आउन सफल भएका छन्। बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका–२ मैदी, ठूलो चौरका अन्दाजी २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन्। बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको धादिङ प्रहरी प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिए। 

सम्बन्धित सामग्री

नदीमा दाउरा संकलन गर्न गएका युवा मृत भेटिए

२५ साउन, धनगढी। कैलालीमा नदीमा दाउरा संकलन गर्न गएका एक जना मृत अवस्थामा भेटिएका छन् । बुधबार खुटिया नदीमा दाउरा संकलन गर्न गएका बेला बाढीले बगाएर बेपत्ता भएका गोदावरी नगरपालिका-९ धनचौरीका ४० वर्षीय रत्नप्रसाद भट्टराई मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले भट्टराई बिहीबार बिहान पानी जमेको […]

बाढीले रूपन्देही र नवलपरासीमा दुईजना बेपत्ता, खोजी जारी

रूपन्देही । रुपन्देहीको मर्चवारमा दाउरा बटुल्न खोला छिरेका एक युवा बेपत्ता भएका छन् । दानव खोलाले बगाएर ल्याएका दाउरा टिप्न गएका सम्मरीमाई ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई नदीमा आएको भेलले बगाएको हो । शुक्रबार बिहान करिब ६ बजे घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए । बेपत्ताको खोजीका […]

बाढीले बगाएर युवा बेपत्ता

काभ्रे :  जिल्लाको खानीखोला गाउँपालिका–६ स्थित खानीखोला नदीमा आएको बाढीले बगाएर एक युवा बेपत्ता भएका छन्। तालढुंगा प्रहरी चौकीका असई महेश दाहालले बुधबार खानीखोला–२ भिमसेनस्थानका २८ वर्षीय अनिल वाईबा बाढीले बगाएर बेपत्ता भएको जानकारी दिए। असई दाहालका अनुसार बेपत्ता वाईबालाई पावरहाउस नजिकबाट नदी तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको हो।बेपत्ता वाईबा काका बुद्ध तामाङ र खानीखोला–१ का वडा सचिव नवीन कुमार भट्टाराईसँग गाउँपालिकाको केन्द्र ताल्ढुंगा गएका थिए। प्रह

त्रिशुलीले बगाएर एक युवा बेपत्ता

काठमाडौं :  धादिङमा त्रिशुली नदीले एक युवालाई बगाएको छ। आज बिहान माछा मार्ने गएका धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ विशाल टार बस्ने २० वर्षीय लक्ष्मण विसुराललाई बगाएर बेपत्ता बनाएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। बेपत्ता युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

मलामी गएका युवा नदीमा बेपत्ता

धनकुटा – धनकुटाको चौबिसे गाउँपालिका ५ हंसमोरङमा मलामी गएका एक युवा साेमबार दिउँसो तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।   चौबिसे गाउँपालिका ५ का वडाध्यक्ष पदमकुमार देवानकी आमाको अत्येष्टिका लागि मलामी गएका स्थानीय उत्तरबहादुर याखाको छोरा महेन्द्र याखालाई नुहाउने क्रममा नदीले बगाएर बेपत्ता बनाएको ...

कास्कीको हर्पन खोलाले बगाएर दुई बेपत्ता :: Pahilopost.com

पोखरा : पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं १८ चङ्खपुरमा हर्पन खोलाले बगाउँदा दुई युवा बेपत्ता भएका छन्।  माछा मार्न गएका महानगर–३ नदीपुरका…

खोलाले बगाएर दुई बेपत्ता

फेवातालको मुख्य स्रोत हर्पन खोलामा माछा मार्न गएका दुई युवा खोलाले बगाएर बेपत्ता भएका छन् । पोखरा लेखनाथ महानगरपालिका ३ नदीपुरका २४ वर्षका ललित पुन र २४ वर्षकै ईन्द्रबहादुर पुन हराएको प्रहरीले जनाएको छ ।