ग्रीन टीका बारेमा त धेरैलाई थाहा छ । तौल घटाउनका लागि ग्रीन टी पिउने गर्छन् धेरैजना । तर ग्रीन कफी पनि हुन्छ भन्ने थाहा छ तपाईंलाई ?
ग्रीन कफी भनेका नभुटेका कफी बिउ हुन् । तिनीहरूमा सामान्य कफीको तुलनामा बढी क्लोरोजेनिक एसिड हुन्छ । आजकल धेरैजनाले तौल घटाउनका लागि मात्र नभई ऊर्जा बढाउन पनि ग्रीन कफी पिउने गरेका छन् ।
ग्रीन कफीमा हुने एन्टीअक्सिडेन्टले हामीलाई हानिकारक फ्री रेडिकलबाट जोगाउँछन् ।
यसले रगतमा हुने ग्लुकोजलाई घटाउँछ किनकि यसमा भिटामिन बी र क्रोमियम हुन्छ जसले इन्सुलिन प्रतिरोधलाई घटाउँछ र चिनी खान ...