असार मसान्तमा पानी झर्ने, ९५ प्रतिशत काम सम्पन्न

मेलम्ची खानेपानी आयोजनाको ९५.१२ प्रतिशत काम सम्पन्न भएको छ । विहीवार मन्त्रालयमा श्वेत पत्र जारी गर्दै यही असार मसान्त भित्र काठमाडौंमा पानी आउँने खानेपानी मन्त्रालयले जानकारी गराएको छ ।

सम्बन्धित सामग्री

पाँचखालका ३१ हजार नागरिकलाई चार महिनाभित्र खानेपानी

काभ्रेपलाञ्चोक, ६ फागुन । काभ्रेपलाञ्चोकको पाँचखाल नगरमा सञ्चालित बृहत पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार हालसम्म ९३ दशमलवतीन प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाका व्यवस्थापक इन्द्रमानसिं बस्नेतका अनुसार अबको चार महिनामा छ हजार परिवारका करिब ३१ हजार नागरिकलाई घरघरमा स्वच्छ पिउने पानी उपलब्ध गराइने छ । आयोजनाअन्तर्गत सुनकोशी नदी […]

म्याग्दीको रेलेखोला जलविद्युत् : एक वर्षमै ५० प्रतिशत काम पूरा

म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधीन ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ। यो आयोजनाको काम एक वर्षमै ५० प्रतिशतभन्दा बढी पूरा भएको हो।अन्नपूर्ण हिमालको फेदीबाट बग्ने रेलेखोलाको पानी उपयोग गरी निर्माण भइरहेको यस आयोजनाको निर्माण करिब ५० प्रतिशत पुरा भएको निर्माण कम्पनीले जनाएको छ। हिमकन्सल्ट प्रालिले नदीको बहावमा आधारित रन अफ रिभर मोडलमा ‘पाइप प्रोजेक्ट’ मार्फत यस आयोजनालाई निर्माण गर्न ल

सप्तरीमा ८० प्रतिशत रोपाइँ सम्पन्न

सप्तरीमा हालसम्म करिब ८० प्रतिशत रोपाइँको काम सम्पन्न भएको छ । धान रोपाइँ गर्नेवेला लामो समय खडेरी परेर हाल दुई दिन पानी पर्दा करिब ८० प्रतिशतसम्म रोपाई भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

सम्भव होला चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याउन ?

मेलम्ची खानेपानी आयोजनाले आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं पठाउने गरी काम भइरहेको जनाएको छ । गत असारमा आएको बाढी पहिरोले आयोजना स्थललाई पुरेको थियो भने निर्माण सामग्री र उपकरण बगाएर लगेको थियो । मेलम्ची अम्बाथानमा काठमाडौं पानी पठाउने मुख्य बाँधस्थलमा हिमाली क्षेत्रदेखि आएको ढुङ्गा, गिट्टी, बालुवा सहितको गेग्य्रान थुप्रिएको छ । करिब १५ देखि २० मिटर उचाईमा थुप्रिएको गेग्रान हटाउन झन्डै २ साता अघिबाट काम थालिएको हो । यस्तो झन्डै ४० प्रतिशत गेग्य्रान हटाउने काम सम्पन्न भएको मेलम्ची

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गतको हाइड्रोपावरको काम अन्तिम चरणमा

रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा सो सिँचाइ आयोजना रहेको छ ।चार मेगावाट क्षमताको सो हाइड्रोपावर योजना जानकी गाउँपालिका–९ कटाक्षे क्षेत्रमा रहेको छ । आयोजनाले भवन निर्माण र नहरको सबै काम सम्पन्न गरिसकेको छ भने अहिले उपकरण सामानको जडानको काम हुँदै आएको छ । गत वर्ष असार मसान्तसम्म मुख्य नहरमा पानी छाड्ने लक्ष्य भए पनि कोरोना सङ्क्रमणका कारण समयमै काम सम्पन्न हुन नसक्दा आयोजनाको काम लम्बिएको हो । आयोजनाले असार मसान्तसम्म सबै काम सम्पन्न गरेर मङ्सिर महिनाभित्र विद्युत् जलाउने लक्ष्य राखेको भए पनि अझै आयोजनाको काम सम्पन्न हुन समय लाग्ने भएको छ ।सो आयोजना प्रमुख केदार श्रेष्ठले चालु आर्थिक वर्षको अन्तिमसम्म काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गर्दै आएको जानकारी दिए । उनले कोरोनाका कारण समयमै आयोजनाको काम सम्पन्न गर्न नसकिएको जनाउँदै बाहिरी काम सम्पन्न भए पनि उपकरण जडानको काम सुरु भएको बताए । “काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ । सम्भवतः असार मसान्तभित्र काम सम्पन्न हुन्छ होला ?”, उनले भने , “गत कात्तिकमा आएको बाढीका कारण पनि आयोजनाको काम लम्बिएको हो । बाढीले आयोजनामा क्षति पु¥याउँदा त्यसको मर्मतसम्भारमा पनि समय लागेकाले आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको हो ।”तुदी कन्स्ट्रक्शनले हाइड्रोपावर निर्माणको जिम्मा पाएको छ । हाइड्रोपावरसँगै छ किलोमिटर नहर र पाँच किलोमिटर कर्णाली नदीमा तटबन्धको जिम्मा पाएको कन्स्ट्रक्शनले तटबन्ध र नहरको काम सम्पन्न गरिसकेको छ । करिब रु दुई अर्बको लागतमा निर्माण भएको आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले बताएको छ । हाइड्रोपावरबाट उत्पादन भएको विद्युत् लम्की स्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । चार दशमलव ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । राष्ट्रिय गौरवको आयोजनाले हाइड्रोपावरको आयोजनालाई विषेश महत्वका साथ लिएको छ ।निर्माण कम्पनीका इञ्जीनियर उदय पोखरेलले असारसम्म विद्युत् उत्पादन गरेर हस्तान्तरण गर्ने गरी आयोजनाको काम भइरहेको बताउनुभएको छ । उनले नहर र तटबन्धको ९९ प्रतिशत काम सम्पन्न भइसकेको र हाइड्रोपावरको ९० प्रतिशत काम सम्पन्न भएको जनाउँदै कोरोनाको सङ्क्रमणका कारण ढिलाइ भएको बताए । “हामीले गत आर्थिक वर्षको अन्तिमसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने भनेका थियौँ । कोरोनाको कारण समयमै काम सम्पन्न गर्न नसक्दा त्यो हुन सकेन ।” उनले भने , “वैशाखसम्ममा हाइड्रोपावरको परीक्षण गर्ने तयारी गरेका छौँ । असारमा सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्छौँ ।”उनले अहिले मेसिरेनरी जडानको काम भइरहेको जनाउँदै उपकरण जडानको काम सकिएपछि परीक्षण गरिने र त्यसपछि विद्युत् लाइन जोडेर लम्की विद्युत् स्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडेपछि हस्तान्तरण गरिने बताए ।

कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न

कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ। पुनर्निर्माणपछि पानी भरिएको कमलपोखरीको निरीक्षणका क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करिब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।...

कमलपोखरी पुनर्निर्माणको ९५ प्रतिशत काम सकियो : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करीब ९५ प्रतिशत सम्पन्न भएको बताएका छन्। पुनर्निर्माणपछि पानी भरिएको कमलपोखरीको निरीक्षणका क्रममा मेयर शाक्यले करीब ९५ प्रतिशत काम सम्पन्न...

कमलपोखरी पुनःनिर्माण ८५ प्रतिशत सम्पन्न, पानी भर्न शुरु

पुनः निर्माण भइरहेको कमलपोखरी ८५ प्रतिशत काम  सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको कामसँगै पोखरीमा पानी भर्ने काम भइरहेको छ । आगामी दुई हप्ताभित्र काम सबै सक्ने गरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी गराएको छ ।    सौन्दर्यको कामसँगै काठको केही ...

कमलपोखरी पुनःनिर्माणको काम ८५ प्रतिशत सकियो, पानी भर्न शुरु

काठमाडौँ । पुनः निर्माण भइरहेको कमलपोखरी ८५ प्रतिशत काम सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको कामसँगै पोखरीमा पानी भर्ने काम भइरहेको छ । आगामी दुई हप्ताभित्र काम सबै सक्ने गरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी गराएको छ ।

काठमाडाैं महानगरले कमलपोखरीमा मेलम्चीको २० लाख लिटर पानी हाल्यो

काठमाडौं : कमलपोखरीमा काठमाडौं महानगरपालिकाले मेलम्चीको २० लाख लिटर पानी हालेको छ। साथै निर्माणाधीन पोखरीको ८५ प्रतिशत काम सकिएको महानगरले जनाएको छ।महानगर प्रमुख विद्यासुन्दर विद्यासुन्दर शाक्यले पोखरीमा मेलम्चीको करिब २० लाख लिटर पानी हालेको जानकारी दिएका छन्। शाक्यले सोमबार पुनःनिर्माण भइरहेको पोखरीको निरीक्षण गरेका थिए। उनका अनुसार पोखरीको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।शाक्यले कमलपोखरी पुनःनिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिएक