सङ्घीय संसद (राष्ट्रिय सभा र प्रतिनिधिसभा) को दुवै सदनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै बैठकमा शोक प्रस्ताव सर्वसम्मतले पारित भएको हो । बैठकमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका समानुपातिक सांसद स्वर्गीय ज्ञानकुमारी छन्त्यालप्रति एक मिनेट मौनधारण गरिएको थियो । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएपछि सर्वसम्मतले पारित भयो । त्यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकाम शोकप्रस्ताव प्रस्तुत गर्नुभएपछि सर्वसम्मतले पारितभयो ।