काठमाडौँ । म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाएको छ। यस निर्वाचनमा सुकीको पार्टी अत्यधिक बहुमतकासाथ विजयी भएको थियो। सुकीलाई तीन वर्ष कडा परिश्रम गर्नुपर्ने सजाय सुनाइएको स्रोतले जनाएको छ। ७७ वर्षीया नोबेल पुरस्कार विजेता सुकीको स्वास्थ्य हालसम्म राम्रै रहेको बताइएको छ। […]