१ चैत, काठमाडौं । सांसदहरूले ढुङ्गा, बालुवा गिटीजस्ता नदीजन्य र वनजन्य प्राकृतिक स्रोतको उत्खनन् र सदुपयोग गर्दा क्षतिअनुसार पुनर्भरणको विषय छुटाउन नहुने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा भाग लिँदै सांसदहरूले यस्तो बताएका हुन् । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले […]