भारतले सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण ३ सय बिघा खेत डुबानमा परेको छ । असार तेस्रो साताको वर्षाले विस्तारै खेत डुबान गर्दै लगेको बेला गत साताको भारी वर्षाले धान रोप्न नमिल्ने गरी डुबानमा परेको हो ।
भारतले सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण ३ सय बिघा खेत डुबानमा परेको छ । असार तेस्रो साताको वर्षाले विस्तारै खेत डुबान गर्दै लगेको बेला गत साताको भारी वर्षाले धान रोप्न नमिल्ने गरी डुबानमा परेको हो ।
केही दिनयताको अबिरल वर्षाले पाल्पाको अन्नभण्डार माडीफाँटका अधिकांश भाग डुबानमा परेको छ । यस्तै बाँसटारी क्षेत्रको सयौं रोपनी खेत डुबानमा परेको स्थानीयले बताए ।
महोत्तरी- बर्षासँगै बाँध भरिएर पानी कुलोमा सोझिँदा महोत्तरी एकडारा–६ कि सरस्वती यादव अहिले निक्कै चिन्तित छन् । रातु नदीबाट सोझै कुलोमा थेग्नै नसक्ने पानी खेतमा पसेपछि सरस्वतीको करिब एक बिघा खेत डुबानमा परेको छ । अव्यवस्थित कुलोमा आएको पानी खेत र बारीमा पसेपछि त्यहाँ लगाइएका तरकारी र खेतमा क्षति हुन पुगेपछि सरस्वती चिन्तित बनेकी हुन् […]
भैरहवा – रुपन्देहीको तुरिया खोलाको बाध फुट्दा किसानको सयौँ बिघा खेत डुबानमा परेको छ । केही दिनदेखि परेको पानीका कारण पानीको सतह बढेपछि रोहिणी गाउँपालिका-५ को तुरिया बाँध फुटेको हो । बाँध बनेपछि हौसिएका किसानहरु धान खेती गरेका थिए । असार महिनामा निर्माण गरिएको बाँध एक महिना नबित्दै भत्केपछि उनीहरू अहिले निराश भएका छन् । […]
कृषिका लागि अब्बल मानिने पोखरा २५ हेम्जाको फाँट केही वर्ष अघिसम्म रित्तै थियो। निकै कम बस्ती हुँदा त्यहाँ कहिल्यै डुबान समस्या थिएन। तर, केही दिनअघिको भीषण वर्षापछि हेम्जाको म्याग्दीटोल, सुन्दरपुरी, खहरेटारी डुबानमा पर्यो। बस्ती डुबानमा पर्नुको कारण थियो...
अविरल वर्षाका कारण आएको बाढीले जुम्लाका अधिकांश मार्सी धान रोपेका खेत डुबानमा परेका छन् भने, जिल्लाभरका दर्जनौ काठेपुल बाढीले बगाउँदा आवतजावत ठप्प भएको छ ।एक नगरपालिकासहित सात गाउँपालिकाका विभिन्न मार्सिफाँट डुबानमा परेपछि भित्र्याउनै लागेको जुम्ली मार्सिधान नष्ट भएको हो । जसमा तातोपानी गाउँपालिका वडा नं.२ र ३ मा पर्ने लाछु ज्युलोका दुई सय बढी मार्सी […]
कपिलवस्तुको तौलिहवास्थित सीमावर्ती क्षेत्रमा भारतले अनधिकृत रुपमा निर्माण गरेको बाँधका कारण हरेक वर्ष नेपाली भूमि डुबानमा पर्ने गरेको छ । भारतले आफ्नो भूमि डुबान हुनबाट बचाउन र हिउँदमा पानी उपयोग गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय कानुन विपरीत बनाएको महली सागर बाँधका कारण हरेक वर्ष नेपाली धान खेत डुबानमा पर्ने गरेको छ । बाँधका कारण यशोेधरा गाउँपालिकाको लोहरौली …
भारतले बर्खायाममा आफ्नो भूमि सुरक्षित गरी हिउँदमा पानी आपूर्ति गर्ने गरी नपाली भूमि डुबानमा पारेर बनाएका अनधिकृत बाँधका कारण हरेक वर्ष नेपाली किसानका खेतहरु डुब्दै आएका छन् । यतिसम्म कि भारतीय बाँधकै कारण किसानहरुको उठिबास लागेको छ । वर्षभरि खाने अन्न जोहोका लागि रोपाई गरिएका खेत भारतीय बाँधकै कारण डुब्ने गरेका छन्, धानखेती नष्ट हुने …
वीरगंज : एक सातादेखिको अविरल वर्षाका कारण वीरगंजको अधिकांश वडा डुबानमा परेका छन्। भेडहा खोला र श्रीसिया खोलामा आएको बाढीले सयौँ बिघा जग्गा डुबानमा परेको छ भने करिब आधा दर्जन वडाका टोलहरुमा पानी पसेको छ।
वीरगंज महानगरपालिकाको वडा नम्बर १ छपकैया, वडा नम्बर १० रानीघाट, वडा नम्बर ११ श्रीपुर र…
वीरगञ्ज – भेडाहा खोलामा आएको बाढीले वीरगञ्ज महानगरपालिकामा सयौँ बिघा खेती डुबानमा पारेको छ। बुधबार बिहान परेको पानीसँगै खोलामा आएको बाढीले महानगरको सयौँ बिघा खेतमा लगाइएकाे धान बाली डुबानमा पारेको हो। खोलामा आएको बाढीले महानगरपालिकाको वडा नम्बर ३० लालपर्सा, प्रसोतीपुर, वडा नम्बर ३१ बेल्वा टोलमा स्थानीयबासीहरुको धान खेती डुबानमा पारेको हो। बाढीले रोपिसकेको धानको खेती […]