मनसुन आगमनसँगै जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको आयोजना जल उत्पन्न विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम नमुना अभ्यास गरिएको छ । कोशी नदीमा शनिबार सो अभ्यास गरिएको हो ।
सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम देखिएको छ । कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातीदेखि […]
काठमाण्डाै - झापा, सुनसरीलगायत जिल्लामा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले सूचना निकालेर झापाको दमक, उर्लाबारी र शनिश्चरे चन्द्रागढी आसपासका क्षेत्रमा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
यस्तै, सुनसरीको बूढी खोला, खेसलिया खोलालगायत क्षेत्र भइ बहने साना नदी तथा खोलामा बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न...
काठमाण्डाै - प्रि-मनसुनकै अवधिमा धेरै वर्षा भएको र मनसुनमा पनि सरदर भन्दा धेरै पानी पर्ने अनुमान गरिएकाले यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै देखिएको छ । यसअघि परेको पानीले जमिन गलिसकेकाले अब सामान्य वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम रहने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।
वर्षाका कारण केही पहाडी क्षेत्रका खहरे खोलामा अहिले नै बाढी आउन थालिसकेको छ । अब पानी लगातारजसो पर्ने सम्भावना रहेकाले बाढी पूर्वानुमान महाशाखाले आजैदेखि बाढीको सूचना दिने भएको छ ।
कुन क्षेत्रमा बाढी आउँछ भन्नेबारे आजैदेखि सूचना...
काठमाडौँ । कात्तिक सुरु भएसँगै केही दिन देशभर परेको अविरल वर्षाले पानीजन्य रोगको उच्च जोखिम देखिएको छ । बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम उच्च देखिएको हो । बाढी पहिरो र डुबानका कारण कतिपय घरपरिवार विस्थापित भएका छन् । केही स्थानका प्रभावितहरू सामूहिक बसाइँ बस्न बाध्य भएका छन् । सामूहिक बसाइँमा सरसफाइमा […]
सिन्धुपाल्चोक। जिल्लाका तीन वटा स्थानीय तहमा अझै पनि बाढी पहिरोको उच्च जोखिम रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। जिल्लाका जुगल गाउँपालिका, बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा बाढी पहिरोको जोखिमयुक्त क्षेत्रका रुपमा घोषणा गरेको प्रजिअ अरुण पोखरेलले बताए। स्थानीय विपद व्यवस्थापन समितिको समन्वयमा जिल्लामा काम भइरहेको उनले जानकारी दिए। स्थानीय निकायले त्यस्ता क्षेत्रको अध्ययन गरिरहेको उनले बताए।
काठमाण्डौ - निरन्तर झरी परिरहेकाले आज देशका विभिन्न नदी तथा खोलाहरुमा बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
पछिल्लो २४ घण्टाको बाढी पूर्वानुमान गर्दै विभागले केही जिल्लाहरुमा बाढीको उच्च जोखिम रहेको जनाएको छ ।
वाग्मती प्रदेशको दोलखा, रामेछाप, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवनमा बाढी पहिरोको जोखिम उच्च रहेको जनाएका छन् । गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा, पर्वत, नवलपुर, पाल्पामा पनि बाढी आउनसक्ने विभागले अनुमान गरेको छ । ...
काठमाण्डाै - बाढी, पहिरोलगायतका विपत्तिपछि विभिन्न रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् । बाढी र पहिरोका कारण विशेष गरी पानी, खाना र किटजन्य रोगहरुको जोखिम बढ्छ । बाढी तथा पहिरोका कारण पानीका मुहानहरु कतै पुरिने, त कतै दूषित हुने सम्भावना रहन्छ । दूषित पानी पिउँदा विभिन्न रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले सुझाव दिनुभएको छ ।
उहाँका अनुसार बाढी र पहिरोपछि पानीजन्य ...
गोरखा : गोरखा प्रशासनले लगातार परेको वर्षाका कारण बिभिन्न नदीनाला आसपासको क्षेत्र बाढी, पहिरो तथा डुवानको उच्च जोखिममा रहेको भन्दै सर्तक रहन आग्रह गरेको छ।जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत हर्क रोकाले मंगलबार एक विज्ञप्ती जारी गर्दै सर्तक रहन आग्रह गरेका हुन्।विज्ञप्तीमा लेखिएको छ, ‘जिल्लास्थित नदीनाला आसपासका स्थलहरूमा बाढी आउन सक्ने उच्च जोखिम रहेकाले त्यस्ता स्थानहरूमा नजान, सो क्षेत्रमा बसोबास गर्ने घर परिवारहरू उच्च सतर्कताको अवस्थामा रहन, जोखिम आकलन गरी सुरक्षित