क्रिकेट छोडेर बाध्यताले पलायन हुँदै सुमन

भुपेन्द्र जिसी, काठमाडौं नेपाली महिला क्रिकेटमा सुमन खतिवडाले वर्तमान समयकै उत्कृष्ट युवा अलराउन्डरको पहिचान बनाएकी छिन् । विशेषगरी आक्रामक ब्याटिङ उनको पहिचान हो । उनको शैली र गतीमा ब्याटिङ गर्ने विरलै नेपाली महिला खेलाडी छन् । क्लिन हिटका लागि चर्चित सुमन ‘म्याच विनर’ अलराउन्डर हुन् । नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग पाँच टि२० आई खेलको […] The post क्रिकेट छोडेर बाध्यताले पलायन हुँदै सुमन first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

धमाधम पलायन हुँदै उद्यमी

चितवन। पछिल्लो समय मुलुकमा देखिएको आर्थिक सुस्तीका कारण चितवनका उद्योगी व्यवसायी पलायन हुन थालेका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याज, विभिन्न कर, भाडालगायत खर्च धान्न नसकेपछि कतिपय उद्योगी व्यवसायी विदेश पलायन भएका छन् भने कतिपयले व्यवसाय छाडेर विकल्पको खोजी गरेका छन् । उत्पादनअनुसार बजार माग नहुँदा उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् । चितवनमा विशेषगरी पोल्ट्री, निर्माण सामग्रीका उद्योग व्यवसाय एवं फेन्सी पसलमा आर्थिक सुस्तीको बढी असर परेको व्यवसायी बताउँछन् । कोराना महामारीपछि अधिकांश व्यवसाय धराशयी बन्दै गएका थिए । त्यसपछि व्यवसाय छाड्ने र विदेश पलायन हुनेहरू बढेको उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । ‘उद्योगी व्यवसायी आशावादी भए पनि व्यवसायमा कुनै सुधार भएन, जसले गर्दा कतिपयले व्यवसाय नै परिवर्तन गर्न थालेका छन् । केही उद्यमी व्यवसायी विदेशिएका छन् ।’ बैंकको चर्को ब्याज, दोहोरो तेहरो कर, भाडा र अन्य सञ्चालन खर्च धान्न नसकेपछि व्यवसाय नै छाडेर अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापानलगायत मुलुक जानेहरू बढेको उनले बताए । ‘आर्थिक व्यावसायिक गतिविधिमा सुधार नभए धेरै उद्योगी व्यवसायी विदेश पलायन हुनेछन्,’ उनले भने । उपभोक्ताको क्रयशक्ति घटेकाले उत्पादित वस्तुको विक्री तथा खपतमा ह्रास आएको र सोही कारण उद्योग व्यवसाय चल्नै नसक्ने अवस्थामा पुगेको श्रेष्ठले बताए । ‘एकातिर आर्थिक गतिविधि सुस्त छ, अर्कोतिर सरकारको नीति उद्योग व्यवसायमैत्री छैन । व्यवसाय गरेर टिक्नै नसक्ने अवस्थामा आएपछि विदेश पलायन हुनु, विकल्प खोज्नु स्वाभाविक हो,’ उनले भने, ‘तर यसले निम्त्याउने असरबारे सरकारले केही सोचेको छैन । यसले सरकारको राजस्वमा मात्रै होइन, समग्र अर्थतन्त्रमै गम्भीर प्रभाव पर्नेछ ।’ हालै सरकारले न्यूनतम पारिश्रमिक समेत बढाएकाले उद्योग व्यवसाय थप प्रभावित हुने उनको भनाइ छ । चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेलले केही महीना अघिदेखि नै उद्योगी व्यवसायी विदेश पलायन हुन र विकल्प खोज्न थालेको बताए । उनका अनुसार आर्थिक सुस्तीको सबैभन्दा बढी असर पोल्ट्री व्यवसायमा परेको छ । त्यसपछि निर्माण सामग्री उद्योग धेरै मारमा परेका छन् । हाल यी क्षेत्रका उद्योग व्यवसाय ३० देखि ५० प्रतिशत क्षमतामा मात्र चलेको उनको भनाइ छ । आर्थिक सुस्तीको असर खुद्रा तथा साना व्यवसायमा समेत परेको छ । बाह्रै महीना भीडभाड हुने पसलहरू हिजोआज सुनसानप्राय: देखिन्छन् । लत्ताकपडा, सुनचाँदी, खाद्यान्नलगायत पसलमा ग्राहक फाट्टफुट्ट मात्र आउने गरेको व्यवसायी बताउँछन् । चेम्बर अफ कमर्स, चितवनका उपाध्यक्ष गोपाल भट्टराई चितवनका उद्योगी व्यवसायीले विदेश गएर व्यापार व्यवसाय गर्न थालेको बताए ।  ‘व्यवसायमा सुधार हुन्छ भन्ने आशा र सम्भावना नै देखिएन,’ उनले भने, ‘मुनाफा कमाउनु त परको कुरा, चालू खर्चसमेत धान्न नसकिने भएपछि उद्योगी व्यवसायी विदेशिन र स्वदेशमै अन्य विकल्प खोज्न बाध्य भए ।’ अधिकांश व्यवसायी सञ्चालनमा रहेका उद्योग व्यवसाय छाड्ने कि निरन्तरता दिने भन्ने अन्योलमा रहेको भट्टराईले बताए । ‘व्यवसाय छाडौं, के गर्ने विकल्प छैन, तत्काल छाड्न सकिँदैन, नछाडौं दैनिक घाटामा चल्नुपरेको छ,’ उनले भने ।  अर्थतन्त्रमा तत्काल सुधार आउने संकेत नदेखिएको, सरकारको बजेट, नीति तथा कार्यक्रम र मौद्रिक नीतिले समेत अपेक्षित सम्बोधन नगरेको लगायत कारण भविष्य नदेखेपछि उद्योगी व्यवसायी विदेश पलायन भएको उनको भनाइ छ ।

कुखुरापालक किसान व्यवसाय छाडेर पलायन हुँदै

कञ्चनपुर, ४ साउन । खुला सीमा नाकाको फाइदा उठाउँदै भारतीय क्षेत्राट तस्करले अवैध रुपमा ब्रोइलर कुखुरा, चल्ला, अण्डा, माछालगायत भित्र्याउन थालेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन । भारतबाट अवैध रुपमा तस्करी गरी भित्र्याइएका कुखुरा, चल्ला, अण्डा, माछासँग प्रतिस्पर्धा गर्न नसक्दा व्यवसायी हतोत्साहित हुँदै व्यवसाय छाड्न थालेका छन् । धेरै व्यवसायीले उत्पादित कुखुराजन्य वस्तुको बजार नपाउँदा […]

विदेश पलायन हुँदै उद्योगी व्यवसायी

चितवन, २६ असार । कोभिड– १९ र त्यसपछिको आर्थिक तलरलताका कारण यहाँका उद्योगी व्यवसायी विदेश पलायन हुन थालेका छन् । कोरोनाले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस गर्दासमेत उद्योग व्यवसाय चल्न नसकेपछि उनीहरु विदेश पलायन भएका हुन् । कर्मचारी राखेर तलब खुवाउन र घर वाहलकरसमेत तिर्न नसक्ने अवस्था आएपछि व्यवसायी विदेशिन बाध्य […]

आर्थिक मन्दीले पलायन हुँदै व्यापारी

रज्जवअलि मनिहार जुम्लाका एक सफल व्यवसायी हुन् । २०३८ सालतिर जुम्लामा घडी रेडियो बनाउँदै व्यवसायमा होमिएका मनिहारले २०४२ सालदेखि औपचारिक रुपमा व्यवसाय थालेका थिए । सफल व्यवसायीकै परिचय स्थापित गरेकै कारण जुम्ला उद्योग वाणिज्य संघको अध्यक्षसमेत भए । वितेको चार दशकमा उनलाई व्यापार राम्रो आम्दानी दियो । दैनिक उपभोग्य सामानको डिलर सञ्चालन गरेर जिल्लाभर सेवा […]

नेपाली खेलाडी विदेश पलायन हुँदै

काठमाडौं ।  नेपालमा खेलेर जीविकापार्जन गर्न नसक्ने भएको भन्दै नेपाली खेलाडी विदेश पलायन भइरहेका छन् । फुटबलका दिग्गज खेलाडीदेखि लिएर टेबलटेनिस, क्रिकेट, भलिबल जस्ता लोकप्रिय खेलका खेलाडी समेत विदेश पुगेको अवस्था छ । खेलाडीकै भनाइअनुसार देशको परिस्थिति, खेलमा हुने झेल जस्ता कुराले उनीहरूलाई विकर्षण गरेको छ । फुटबलका सन्तोष तामाङ, हेमन्त रानामगर, आशिष लामा, सुमन […]

होटल व्यवसायी पलायन हुँदै

रसुवा । हिमाली जिल्ला रसुवाको पर्यटकीय क्षेत्रहरूमा होटल संञ्चालन गर्ने व्यवसायीहरु पछिल्लो समय पलायन हुन थालेका छन् । विशेष गरि भाडामा होटेल लिएर व्यवसाय गरिरहेका व्यवसायीहरू आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएसँगै व्यवसायबाट पलायन भएका हुन् । रसुवा होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष निशान गजुरेलका अनुसार भूकम्प तथा कोरोना महामारीका कारण होटलको भाडा […]

चिनी उद्योगीभन्दा सरकारका कारण उखु खेतीबाट पलायन हुँदै किसान

रौतहट, पुस १९ । सर्लाही र रौतहटका किसानहरू उखु खेतीबाट पलायन हुँदै गएको देखिएको छ। नगदेबालीको मान्यता पाएको भए पनि किसानका लागि उधारो बालीमा परिणत भएपछि सर्लाही र रौतहटका किसानहरू उखु खेतीबाट पलायन हुँदै गएको देखिएका छन्। उखु किसानलाई सरकारले हेर्ने दृष्टिकोण र चिनी उद्योग मालिकले गर्ने ठगी दुवै कारणले किसानहरू मर्कामा परेको र उखुको […]

उखु खेतीबाट पलायन हुँदै किसान

काठमाडौं । सर्लाही र रौतहटका किसानहरू उखु खेतीबाट पलायन हुँदै गएको देखिएको छ। नगदेबालीको मान्यता पाएको भए पनि किसानका लागि उधारो बालीमा परिणत भएपछि सर्लाही र रौतहटका किसानहरू उखु खेतीबाट पलायन हुँदै गएको देखिएका छन्। उखु किसानलाई सरकारले हेर्ने दृष्टिकोण र चिनी उद्योग मालिकले गर्ने ठगी दुवै कारणले किसानहरू मर्कामा परेको र उखुको लगानी उठ्ने […]

मूल्य नपाएपछि पलायन हुँदै जुट किसान

विराटनगर : मोरङको धनपालथान गाउँपालिका-६ बबियाविरताका रामलाल राय लगानीभन्दा कम आम्दानी हुने भएकाले जुट (पट्टा/सनपाट) खेती नै छोडौँ झैँ लाग्न थालेको बताउँछन्। दशैं सकिएलगत्तै सनपाट झिक्न व्यस्त रहेका रायले मेहेनत गरेअनुसार आम्दानी नहुँदा जुट खेतीबाट पलायन हुने अवस्था आएको बताए।प्रतिकट्ठामा चारदेखि पाँच मन (एक मनमा ४० किलो हुन्छ) सनपाट उत्पादन हुन्छ। विगतमा जस्तो जुटको भाउ नभएकाले किसानहरूले यसको खेती लगाउन नै छोडेको उनले बताए। उनले भने‚ ‘पहिलेजस्तो अहिले सनपाटको भाउ छैन। त्यही भएर पनि

सीमावर्ती बजारका व्यापारी पलायन हुँदै

कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन् । कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटका व्यापारी पलायन हुन थालेका हुन् ।  झुलाघाटका कतिपय व्यापारीले आफूहरु पलायन भएको बताएका छन् । सीमानाका नखुल्दा पलायन हुनुपरेको स्थानीय व्यापारी तोयनाथ जोशी बताउँछन् । लामो समयसम्म झुलाघाटमा आफ्नो व्