विराटनगर : मोरङको धनपालथान गाउँपालिका-६ बबियाविरताका रामलाल राय लगानीभन्दा कम आम्दानी हुने भएकाले जुट (पट्टा/सनपाट) खेती नै छोडौँ झैँ लाग्न थालेको बताउँछन्। दशैं सकिएलगत्तै सनपाट झिक्न व्यस्त रहेका रायले मेहेनत गरेअनुसार आम्दानी नहुँदा जुट खेतीबाट पलायन हुने अवस्था आएको बताए।प्रतिकट्ठामा चारदेखि पाँच मन (एक मनमा ४० किलो हुन्छ) सनपाट उत्पादन हुन्छ। विगतमा जस्तो जुटको भाउ नभएकाले किसानहरूले यसको खेती लगाउन नै छोडेको उनले बताए। उनले भने‚ ‘पहिलेजस्तो अहिले सनपाटको भाउ छैन। त्यही भएर पनि