विराटनगर : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै उच्च अदालत विराटनगर र मोरङ अदालत परिसरमा कानुन व्यवसायीले धर्ना दिएका छन्।उच्च अदालत विराटनगर बार एसोसिएसन र मोरङ अदालत बार एसोसिएसनका वरिष्ठ अधिवक्ता र अधिवक्ताले धर्ना दिएका हुन्।विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर उनीहरूले प्रदर्शन गरेका थिए।उच्च अदालत बारका अध्यक्ष नारायणप्रसाद दाहाल र जिल्ला अदालत बारका अध्यक्ष पुनम गुप्ताको नेतृत्वमा भएको प्रदर्शनमा प्रधानन्यायाधीश राणाको राजीनामा म