११ पुस, काठमाडौं । नेपाल तेक्वान्दो संघले राखेपमा आफ्नो दर्ता खारेजीविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदसहित पाँच संस्थालाई विपक्षी बनाएर शुक्रबार दायर गरेको रिटमा सोमबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले विपक्षीसँग लिखित जवाफ […]