चीनका प्रमुख उद्योगहरूले सन् २०२१ को जनवरीदेखि मे महिनासम्म पोहोर सालको यही अवधिको समयभन्दा ८३.४ प्रतिशत नाफा बढाएको त्यहाँको तथ्यांक विभागले आइतवार जनाएको छ । यस अवधिमा उसले ५२७ अर्ब डलर नाफा कमाएको छ ।
आर्थिक पुनरुत्थानसँगै वृद्धि देखिएको हो ।
मे महिनामा मात्र प्रमुख उद्योगहरूले ११.४ अर्ब डलर कमाए । औषधि उद्योगले गत वर्षको तुलनामा ८५.७ प्रतिशत वृद्धि गरेको छ ।
तथ्यांक विभागका वरिष्ठ तथ्यांकशास्त्री चु होङका अनुसार, ४१ थरी उद्योगको लगभग ७० प्रतिशतले पोहोर सालको भन्दा धेरै बढी नाफा कमाएका छन् ।...