सन् २०२१ मा नेपाल आउने पर्यटकको संख्या डेढ लाख

सन् २०२१ मा नेपाल आउने पर्यटकको संख्या अघिल्लो वर्ष भन्दा झण्डै ३५ प्रतिशतले कमी आएको छ । अध्यागमन विभागका अनुसार सन् २०२० मा २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल आएकोमा सन् २०२१ मा एक लाख ५० हजार ९६२ जनामात्र आएका हुन् ।विभागका अनुसार यस वर्ष सबैभन्दा बढी एशियन मुलुकबाट कुल आगमनको ४७.४४ प्रतिशत अर्थात् ७१ हजार ६१० जना विदेशी नागरिक नेपाल आएका छन् भने सबैभन्दा कम सामुद्रिक मुलुकहरूबाट दुई हजार ५७१ जना आएका छन् ।सन् २०१९ मा विदेशी पर्यटक आगमन संख्या ११ लाख ९७ हजार १९१ जना थियो । तुलनात्मक रुपमा सन्