काठमाडौं : 'घुम्तीमा नआउ है आँखा तिमी जुधाउन भन्थ्यौ‚ अब तिम्रो तस्बिर हेरेर मन बुझाउनु बाहेक के नै बाँकी रह्यो र...?' वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनमा विक्षिप्त बनेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको भनाइ हो यो।बिहीबार बिहान अचानक अस्वस्थ भएपछि गायक प्रधानलाई काठमाडौंको सुन्धारास्थित न्युरो अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा ८४ वर्षीय प्रधानको दिउँसो निधन भयो। उनलाई यसअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि मात्रै डि